Home कला, विचार/मनोरञ्जन इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला हुने

इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला हुने

13
0

काठमाडौं । चलचित्र विकास बोर्डले सुनसरीको इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण सम्बन्धी ‘मेरो कथा मेरो चलचित्र’ कार्यशाला आयोजना गर्ने भएको छ । आगामी बैशाख ३ देखि ७ गतेसम्म संचालन हुने सो कार्यशालामा कोशी प्रदेशका १३ देखि १८ वर्ष मुनिका १५ जना बालबालिकाहरु सहभागी हुने बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताए ।

कार्यशाला संयोजक समेत रहेका बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्डले बालबालिकाहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरुमा सिनेमा साक्षरता अभिवृद्धि गर्ने तथा शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने उद्देश्यले मेरो कथा मेरो चलचित्र परियोजना शुरु गरेको छ । सोही परियोजना अन्तर्गत चलचित्र निर्माण कार्यशालामा सहभागी हुने प्रत्येक बालबालिकाहरुले लघु चलचित्र निर्माण गर्नु पर्नेछ ।

इटहरीमा संचालन हुने कार्यशालामा सहभागिताका लागि बोर्डले शुक्रबार आफ्नो वेवसाइट www.film.gov.np मा सात दिने सूचना प्रकाशन गरेको बोर्ड सचिवालय अधिकृत एवं कार्यशाला व्यवस्थापक निर्मला चौलागाईंले बताइन् । अधिकृत चौलागाईंका अनुसार कार्यशालामा सहभागी हुन चाहने कोशी प्रदेशका बालबालिकाले बोर्डको वेवसाइटमा राखिएको आवेदन फाराम भरी fdbworkshpo2024@gmail.com मा पठाउनु पर्नेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleजुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने
Next articleदुई दिने राष्ट्रिय फिल्म कन्फ्रेन्स सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here