आईपीएल : आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच खेल हुँदैछ । जयपुरमा हुने आजको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ ।
यसअघिका तीन वटै खेल जितेको राजस्थान ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । तर चार खेलमा एउटा मात्रै जितेको आरसीबी २ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र आरसीबीबीच ३० वटा खेल भएकोमा राजस्थानले १२ र आरसीबीले १५ खेल जितेको छ । तीन खेल नतिजाविहीन भएको छ ।
गएराति भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर १५, आईतवार १८:५८जेन-जी आन्दोलनको म्यान्डेट र शहीद परिवारका मागप्रति सरकार गम्भीर छ: प्रधानमन्त्री कार्की
खेलकुद२०८२ मंसिर १५, आईतवार १७:३४एनपिएलः कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य
समाचार२०८२ मंसिर १५, आईतवार १७:१०कर्णाली याक्सले दियो काठमाडौँलाई १५० रनको लक्ष्य
कला, विचार/मनोरञ्जन२०८२ मंसिर १५, आईतवार १६:२७चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक








