आईपीएल : आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच खेल हुँदैछ । जयपुरमा हुने आजको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ ।
यसअघिका तीन वटै खेल जितेको राजस्थान ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । तर चार खेलमा एउटा मात्रै जितेको आरसीबी २ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र आरसीबीबीच ३० वटा खेल भएकोमा राजस्थानले १२ र आरसीबीले १५ खेल जितेको छ । तीन खेल नतिजाविहीन भएको छ ।
गएराति भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा
खेलकुद२०८२ चैत्र २२, आईतवार ०८:१५गुजरातलाई हराउँदै शीर्ष स्थानमा राजस्थान « रिपोर्टर्स नेपाल








