एसिसि कपको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मलेसियासँग भिड्दै नेपाल

काठमाडौं, चैत २६ । एसियन क्रिकेट काउन्सिल (एसिसि) ले एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। अप्रिल १२ बाट ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपमा नेपालसहित ओमान, बहराईन, कम्बोडिया, साउदी अरब, कुवेत, युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार र हङकङले सहभागिता जनाउने छन्।
तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १२ अप्रिलमा मलेसियासँग दिउँसो ४ः१५ बजेबाट ओमानमा खेल्नेछ । यस्तै दोस्रो खेलामा नेपलले कतारसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र कतारबीचको खेल १३ अप्रिलमा ४ः१५ बजे नै सुरु हुनेछ। त्यस्तै अर्को खेलमा नेपालले हङकङसँग १५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। १७ अप्रिलमा नेपालले साउदी अरबसँग खेल्ने छ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २०, आईतवार १४:१५स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
खेलकुद२०८३ बैशाख २०, आईतवार ०९:२८चेन्नाई सुपर किंग्सको शानदार जित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २३:४०गायक एलेक्स डी प्रशन्नको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक
समाचार२०८३ बैशाख १९, शनिबार २२:२३राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने








