पैँतालीस वर्षमा चार करोड ३६ लाखको आँखा उपचार
नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुले स्थापनादेखि हालसम्म नेपाली र विदेशी गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई सेवा प्रदान गरेको छ ।
विसं २०३५ मा स्थापना भएको सङ्घले गएको ४५ वर्षमा ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरेको छ ।
सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले विभिन्न देशमा रहेका नेपाली दूतावाससँगको समन्वय र सहकार्यमा सम्बन्धित देशमा रहेका नेपाली श्रमिकका लागि सोही देशमै आँखा उपचार सेवा प्रवाह गर्दै आएको बताए ।
सङ्घले थाइल्यान्ड, बङ्गलादेश, ओमान, म्यान्मा, कतारजस्ता देशमा रहेका नेपाली श्रमिकलाई आँखा उपचार सेवा प्रवाह गर्ने र विदेशीलाइ नेपालमा आँखा उपचारका लागि आकर्षित गर्ने लक्ष्यसहित आँखा शिविर सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । बङ्गलादेशमा पहिलो चरणमा आँखा शिविर सम्पन्न भइसकेको सङ्घका अध्यक्ष पन्तले बताए ।
नेपाल सरकार तथा विभिन्न विकास साझेदारसँगको सहकार्यमा सन् २०३० सम्ममा हरेक स्थानीय तहसम्म आँखा उपचार सेवा विस्तार गर्ने सङ्घको लक्ष्य छ । नेपालबाट उपचारपछि निको हुने अन्धोपनको समस्या निवारण गर्ने लक्ष्य रहेको अध्यक्ष डा पन्तले बताए ।
उनका अनुसार सन् १९८१ मा गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको अवस्था जनसङ्ख्याको आधारमा ०.८४ प्रतिशत रहेको थियो । त्यसको ठीक ४० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले अन्धोपनको समस्या घटेर ०.२८ प्रतिशतमा झरेको छ । रासस
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास