नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

नेपाल एसीसी प्रिमियर कप पुरुष क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । ओमानमा चलिरहेको प्रतियोगितामा लगातार तेस्रो खेलमा जित हात पार्दै नेपाल एक खेल अघि नै सेमिफाइनल पुगेको हो । अर्को खेलमा कतारले मलेसियालाई हराएपछि नेपालको सेमिफाइनल यात्रा निश्चित भएको हो । आजको खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको हो । पानी परेपछि १८ ओभरमा छोट्याइएको खेलमा ११५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालको जितमा कप्तान रोहित पौडेल २५ र सन्दीप जोरा १९ रनमा अविजित रहनुभयो । नेपालका दुबै ओपनरले आक्रामक सुरुवात दिलाएको खेलमा आसिफ शेखले १८ बलमा ३ छक्का र ३ चौकासहित ४० तथा कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्का सहित ३२ रन बनाउनुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ११४ रनमा अलआउट भएको थियो । नेपालका अविनाश बोहोराले ३ तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा करण केसीले एक विकेट लिनुभयो ।प्रतियोगिताको समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियासँग खेल्नेछ । यो खेलले समुह विजेता चयन गर्नेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास