नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

नेपाल एसीसी प्रिमियर कप पुरुष क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । ओमानमा चलिरहेको प्रतियोगितामा लगातार तेस्रो खेलमा जित हात पार्दै नेपाल एक खेल अघि नै सेमिफाइनल पुगेको हो । अर्को खेलमा कतारले मलेसियालाई हराएपछि नेपालको सेमिफाइनल यात्रा निश्चित भएको हो । आजको खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको हो । पानी परेपछि १८ ओभरमा छोट्याइएको खेलमा ११५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालको जितमा कप्तान रोहित पौडेल २५ र सन्दीप जोरा १९ रनमा अविजित रहनुभयो । नेपालका दुबै ओपनरले आक्रामक सुरुवात दिलाएको खेलमा आसिफ शेखले १८ बलमा ३ छक्का र ३ चौकासहित ४० तथा कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्का सहित ३२ रन बनाउनुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ११४ रनमा अलआउट भएको थियो । नेपालका अविनाश बोहोराले ३ तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा करण केसीले एक विकेट लिनुभयो ।प्रतियोगिताको समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियासँग खेल्नेछ । यो खेलले समुह विजेता चयन गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक








