भक्तपुर अस्पतालमा १२१ वर्षपछि सिटी स्क्यान सेवा सुरु

भक्तपुर अस्पतालमा १२१ वर्षपछि सिटी स्क्यान सेवा सुरु

भक्तपुर –  कुनै समय रिफर सेन्टरका रूपमा रहेको वीर अस्पतालपछिको दोस्रो ठुलो र पुरानो भक्तपुर अस्पतालमा १२० वर्षपछि पहिलो पटक सिटी स्क्यान मेसिन सञ्चालनमा आएको छ ।

सिटी स्क्यान मेसिनको आज बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एक समारोहकाबिच औपचारिक उद्घाटन गर्नुहुँदै मेसिन सञ्चालनमा आएको हो ।

सिटी स्क्यान सेवा सुरु भएपछि भक्तपुर बासीलाई उपचारका निम्ति अन्यत्र महँगा अस्पतालमा धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अस्पताल अहिले सुविधा सम्पन्न मात्रै भएको छैन, सेवा गुणस्तरका हिसाबमा देशकै उत्कृष्ट घोषित भएको छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रालोक डिस्पेन्सरीका नाममा स्थापना गरेको यो अस्पताल लामो समय रिफर सेन्टरकै रूपमा परिचित थियो ।

जनगुनासो बढ्दै गएपछि बागमती प्रदेश सरकारको पहलमा कर्मचारीको अथक मेहनतले सुविधा सम्पन्न भएको हो ।

प्रदेश सरकारको सहयोगमा अत्याधुनिक क्षमताको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएपछि अहिले एक हजार दुई सय बढी बिरामीले अस्पतालबाट दैनिक सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगर्न र आवश्यक जनशक्ति तथा सामाग्रीको थप व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको भन्दै मन्त्री किरण थापाले भन्नुभयो, ढुक्कले काम गर्नुहोस्, बिरामीको सेवा गर्नुहोस् । आवश्यक जनशक्ति र सामाग्री प्रदेश सरकारले व्यवस्थापन गर्छ ।

यस्तै प्रदेश सांसद सुरेश श्रेष्ठले सहज र सुलभ सेवा पाउनु आम नागरिक अधिकार भएकाले दत्तचित्त भएर सेवामा खटिन कर्मचारीलाई आग्रह गर्नुभयो । रु ८ करोडको बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको स्वास्थ्य सचिव डा.सुमित्रा गौतमले बताउनुभयो ।

अस्पतालमा थप एक करोड १० लाख मूल्यको मेमो ग्राम मेसिन ल्याउने तयारी गरिरहेका उहाँको भनाइ छ । उक्त मेसिन जडानपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङमा सजिलो हुने जिकिर गर्नुभयो । सञ्चालनमा आएको सिटी स्क्यान १० वर्षसम्म कुनै समस्या नआउने र आइहाले मर्मत कम्पनीले नै गरिदिने सम्झौतामा उल्लेख छ ।

अस्पतालमा १० शय्याको डायलिसिस कक्ष पनि तयार पारिएको छ । डायलिसिस मेसिन खरिदमा केन्द्र सरकारको अपेक्षा गर्दै दैनिक सय बढी बिरामीलाई सेवा दिने अस्पतालले जनाएको छ । अब बिरामीले महँगो अस्पताल धाउनु नपर्ने अस्पतालका कार्यकारी निर्देशक डा.सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिन मात्रै सफल भएको छैन, देशकै उत्कृष्ट बन्न कुनै कसुर बाँकी राखेको छैन ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   7   =  

Protected by Spam Master