पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै

पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै

नेपालको धार्मिक इतिहासमा हालसम्मकै विशाल र विराट महायज्ञ कोटिहोम महायज्ञ पोखरामा आयोजना हुने भएको छ । गत श्रावण महिनाभर पशुपति मन्दिर परिसरमा पशुपति कोटिहोम महायज्ञ सम्पन्न गरेपश्चात मानव सेवा फाउण्डेसन नेपालले अहिले पोखरामा कोटिहोम महायज्ञको आयोजना गर्न लागेको हो । पोखराको लेकसाइड क्षेत्रमा आगामी २०८२ साल बैशाख १७ गते देखि जेठ २६ गते सम्म ४५ दिने ऐतिहासिक श्रीगण्डकी शत कुण्डिय कोटिहोम महायज्ञ आयोजना गर्न लागेको हो ।

पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण बर्षको अवसरमा उक्त कोटिहोम महायज्ञको आयोजना गर्न लागिएको कोटिहोमका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।

कोटिहोम महायज्ञमा के के हुने छ त ?

कोटिहोम महायज्ञ अवधिभर देश तथा विदेशमा चर्चा कमाइरहेका कथा वाचक वाचिकाको मुखारबिन्दबाट श्रीमद्भागवत,श्रीराम कथा,शिवमहापुराण,श्री हन’मान कथा,श्रीमद्देवी भागवत कथा प्रवचन हुने छ । त्यस्तै लाखौंको ब्रतबन्ध,बिबाह चौरासीपुजा तुलादान जस्ता कार्य हुने छ ।

त्यस्तै कोटि दिप प्रज्ज्वलन,३ सय भन्दा बढी बाह्मण गुरुद्धारा नियमित हवन,अरबौं रामनाम लेखिने,१ करोड पार्थिव शिव लिङ्ग निर्माण , राष्ट्रिय भजन प्रतियोगिता,कवि तथा सन्त सम्मेलन, ११ हजार कलश पूजन, हजारौ वालिकाको कन्या पूजन,जेष्ठ नागरिक सम्मान,सष्ट्रा सम्मेलन,२१ फिट रुद्राक्षको शिव लिंग निर्माण गरिने लगायतका कार्य कोटिहोम महायज्ञमा हुने छ ।

त्यस्तै  शंकराचार्य, जगद् गुरु, विभिन्न अखडाका महन्त, विश्व प्रसिद्ध कथा प्रवक्ताहरु, धर्म गुरुहरुको आगमन हुने । विभिन्न धार्मिक संस्था, गुरुकुल, गौशाला, धर्मशाला, मठ मन्दिर आदि संचालन गरी सामाजिक सेवामा उत्कृष्ट कर्म गर्नेलाई पनि छुट्टै सम्मानको व्यवस्था पनि गरिने ,गण्डकी प्रदेशका तीर्थ स्थलहरुको फोटो प्रदर्शनीहरु गर्दै त्यहाँको महत्त्वता बारे प्रचार÷ प्रसार गरिने ,हिन्दु, बौद्ध, जैन, किराँत, मष्टो लगायत विभिन्न धर्म सम्प्रदायमा आस्था राख्ने सबैलाई जमघट गरी सनातन संसद, धर्म संसद आदिको कार्यक्रम आयोजना गरिने ,ठुला ठुला सन्त, महन्त, विद्वान पण्डितहरुको समुह बनाई उहाँहरुको हस्ताक्षरबाट विभिन्न मान, पदवी, उपाधि तथा विभूषण पनि प्रदान गर्ने, गण्डकी क्षेत्र भित्रका धर्म, संस्कृति तथा परम्परालाई उजागर गर्ने गरी गण्डकी प्रदेशमा विभिन्न धार्मिक, साँस्कृतिक लगायतका अन्य विषयलाई गण्डकी क्षेत्रको बारेमा कुनै पनि कविता, गजल, गीत, भजन, मन्तब्य आदि कुनै पनि विषयमा सर्वोत्कृष्ट प्रदर्शन गर्नेलाई विशेष पुरस्कारको व्यवस्था पनि गरिने आयोजकले जानकारी दिएको छ ।

आयोजक मानव सेवा फाउण्डेसन नेपाल

पोखरामा कोटिहोम महायज्ञको आयोजना गर्न लागेको संस्था हो मानव सेवा फाउण्डेसन नेपालको शाखा कार्यालय कास्की पोखरा हो । केन्द्रिय कार्यालय काठमाडौंको कलंकीमा रहेको यस संस्थाले सामाजिक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विगत १ दशक देखि सेवाको कार्य गर्दै आएको छ ।

यज्ञ यज्ञादिको माध्यमबाट देशका ५७ बढी जिल्लामा पुगेर आर्थिक दान रकम संकलन गरि विद्यालय निर्माण,स्वास्थ्य संस्था निर्माण,क्याम्पस निर्माण तथा मठ मन्दिर निर्माणको लागि सहयोग गर्दै आइरहेको छ ।  

यसको साथै अहिले गोदावरी नगरपालिका वार्ड नं. १४ मा अहिले मामाघर आश्रम स्थापना गरि देशभरका अभिभावक विहिन बालबालिकालाई आश्रय दिइरहेको छ ।  आश्रममा अभिभावक विहिन ८५ जना बालबालिकाले निःशुल्क गाँस,वाँस,कपास ,शिक्षा,स्वास्थ्यको व्यबस्था मामाघर आश्रमले गरिरहेको छ । अहिले आश्रमको आफ्नै भवन निर्माणको लागि गोदावरी नगरपालिका वार्ड  नं. ३ टानचिनटारमा गत पुष २७ गते शिलान्यास भएर भवन निर्माणको कार्य अगाडी बडिरहेको छ ।

त्यस्तै मानव सेवा फाउण्डेसन नेपालले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नं. ९ ताथलीमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम पनि सञ्चालन गरेको छ । अहिले उक्त आश्रममा पनि दर्जन बढी साहराविहीन ज्येष्ठ नागरिक आमाबुवालाई निःशुल्क आश्रय दिइरहेको छ । उक्त आश्रमको पनि गत पुस २७ गते शिलान्यास गरि भवन निर्माणको कार्य अगाडी बडिरहेको छ ।

त्यसको साथै देशभरका विभिन्न स्थानमा  आश्रम निर्माण गरि कुनै पनि बालबालिका अभिभावक विहीन भएकै कारण उज्ज्वल भविष्य निर्माणबाट बन्चित हुन नपरोस् अनि ज्येष्ठ नागरिक भएकै कारण सड्क बास नहोस् भन्ने उद्देश्य बोकेको पवित्र सामाजिक संस्था हो मानव सेवा फाउण्डेसन नेपाल ।

महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसनले पोखराका विभिन्न मठ मन्दिर सरसफाई र रंगरोगन गर्दै

महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसन नेपालले पर्यटकिय नगरी पोखरामा रहेका विभिन्न मठ मन्दिर सरसफाई तथा मन्दिरहरुमा रंगरोगन गर्ने कार्य गरिरहेको छ । देशका विभिन्न स्थानमा पुगेर नियमित सरसफाई कार्यक्रमको अभियान नै सञ्चालन गर्दै आएको मानव सेवा फाउण्डेसनले अहिले पोखरामा रहेका मन्दिरहरुमा सरसफाईको कार्य गर्दै आइरहेको छ ।

केहि समयपछि पोखरामा नै ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञको तयारीमा रहेको फाउण्डेसनले पोखरा महानगरपालिका वार्ड नं. ६ सिमपानीमा रहेको ॐ शिवमणी कैलाशधाम मन्दिर परिसर सरसफाई संगै रंगरोगनको कार्य पनि गरेको मन्दिरका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै बैदाममा रहेको मुक्तेश्वर शिव मन्दिरमा पनि सरसफाई संगै रंगरोगनको कार्य गरेको छ ।  त्यस्तै फाउण्डेसनले पोखराका अन्य धार्मिक तथा सार्वजनीक स्थलहरु पनि सरसफाई गर्दै आइरहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   7   =  

Protected by Spam Master