ज्वालामुखीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मौरीपालन तालिम

धादिङ, बैशाख २७ गते ।
धादिङको ज्वालामुखी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुकालागि मौरीपालन तालिम सम्पन्न भएको छ । धादिङ नेत्रहिनसंघको आयोजना तथा बागमती प्रदेश सरकार, सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।
१५ दिनसम्म सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका अपाङ्गता भएका २० जनाको सहभागिता रहेको थियो । तलिममको सहजीकरण बासुदेव सिलवालले गर्नुभएको थियो ।
प्रशिक्षक सिलवालले सहभागीहरुलाई मौरीपालनको परिचय महत्व, वर्तमान अवस्था, अवसर र चुनौतिहरु, मौरीको जीवन चक्र जस्ता विषयहरु सिकाउनु भएको थियो । यसैगरी मौरीको वर्ग विभाजन, शारीरिक बनावट कार्य विभाजन, मौरीगोला निरीक्षण, मौरी गोलामा हुने वार्षिक जीवनचर्या र समासमायिक गोला व्यवस्थापन, मौरीमा हुल निर्यास र त्यसको व्यवस्थापन, मौरी गोला संयोजन तथा मौरी गोला विभाजन लगायतका विषयवस्तुहरु प्रयोगात्मक र व्यहारिक रुपमा सिप प्रदान गरिएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयोजक धर्मबहादुर अर्यालले तालिम प्राप्त गरेका अपाङ्गता र तीनका परिवारले व्यावसायिक रुपमा मौरी पालेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो ।
तालिम समापन पश्चात सहभागिहरुलाई १८ हजार रुपैयाँ बराबरको मौरी गोला सहितको एकघार, टोपी र मैन समेत वितरण गरिएको छ ।
उत्साहित हुँदै सहभागिहरुले औषधीय गुण भएको सुद्ध मह उत्पादन गरेर स्वस्थ जीवनको सन्देश सहित आय आर्जनमा लाग्ने विश्वास व्यक्त गरेका छन् ।



लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?






