खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

धादिङ, २८ बैशाख ।
धादिङको खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्धघाटन गरिएको छ । शनिबार उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान शिंहले उद्धघाटन गर्नुभएको हो ।
भवनको उद्धघाटन गर्नुहुँदै मन्त्री सिंहले ग्रामीण तहमा पूर्वाधार विकासले जनसेवामा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। जनताको सेवा सहज र छिटो बनाउन स्थानीय तहहरूलाई सबल बनाउने अभियान अन्तर्गत देशभर पूर्वाधार निर्माण भइरहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले गाउँपालिकाको भवन अत्याधुनिक प्रविधियुक्त सुविधासहित निर्माण गरिएको बताउनुभयो । उहाँले भवनमा प्रशासनिक कार्य सञ्चालनका लागि कार्यालय कक्ष, सभाकक्ष, सूचना कक्ष, र नागरिक सेवाका अन्य आवश्यक सुविधाहरू समेटिएको जानकारी दिनुभयो ।
कूल ३ करोड ३२ लाख २७ हजार चार सयमा ठेक्का खोलिएकोमा २ करोड ७५ लाखमा निर्माण सम्पन्न भएको हो । जिल्ला समन्वय समिति धादिङको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छोइसाङ तामाङले बताउनु भयो । भवन निर्माणका लागि १० जना स्थानीय बासिन्दाले जग्गा निःशुल्क प्रदान गरेका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’