लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा शोभायात्रा , प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन हुने

रुपन्देही- २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा कलश यात्रा निकालिएको छ ।
लुम्बिनीस्थित ५ नम्बर गेटबाट शुरु भएको कलश यात्रा मायादेवि मन्दिर, शान्ति दिप, केन्द्रिय नहरहुँदै अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेको छ ।
शोभा कलश यात्रामा बिभिन्न जातजातिको झाँकि सहितको प्रस्तुती रहेको छ । अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गर्नु हुने कार्यक्रम छ । औपचारिक कार्यक्रम बिहान ९ बजेपछि शुरु हुने बताईएको छ ।
बुद्ध जयन्तीको अबसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाइएको छ । तीन दिनसम्म बिभिन्न कार्यक्रम गरि मनाईने बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई दुलही झैं सिँगारिएको छ ।
लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरेर बिशेष रुपमा सरसफाई अभियान चलाएको थियो । जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।




लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २०, सोमबार १०:५०अधिकांशमा आँखाको समस्या « रिपोर्टर्स नेपाल
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण







