एन्फामा भ्रष्टाचार भएको छ, प्रमाण दिन तयार छुः पूर्व अध्यक्ष गणेश थापा (भिडिओसहित)

काठमाडौं, १ जेठ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले अदालतले आफूलाई साधारण सभामा सहभागी गराउनु भनेरे आदेश दिँदा पनि गलत नियत राखेर प्रवेश निषेध गरिएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एन्फाभित्र भएका भ्रष्टाचार साधारणसभामा भन्छु भनेर जान खोज्दा प्रवेश निषेध गरिएको बताए । ‘नेपालको इतिहासमा कहिल्यै प्रहरी बोलाएर साधारण सभा गर्नु परेको थिएन । सयौं प्रहरी राखिएको थियो । मैले भित्र छिर्न परिचयपत्र माग्दा मेरो छैन भन्यो । मेरो त अधिकार हो नि । अदालतको निर्णय पनि मान्ने ? देशको प्रधानमन्त्रीले त अदालतको निर्णय मान्छ, एन्फाले नमान्ने ?’ प्रश्न गर्दै उनले भने ।
एन्फाका पदाधिकारीहरुले गणेश थापा भित्र छिर्यो भने फेस गर्न गाह्रो हुन्छ भनेर प्रवेश नै गर्न नदिएको उनको दाबी छ । उनले एन्फामा भ्रष्टाचार भएको प्रमाण आफू पेश गर्न तयार रहेको बताए । ‘मलाई साह्रा खेल प्रेमीहरुले, अत्याचारमा परेका खेलाडीहरुले मलाई तपाईँले बोल्दिनुपर्यो भन्छन् । लड्दिनुपर्यो भनेर भनिरहेका छन् । मैले बोल्दिँदा धेरै डराउँछन् । उनीहरुले बदमासी गरेका छन् । मसँग धेरै प्रमाण छ । कार्यसमितिको बैठकले ४ करोड ३० लाखभन्दा घटीमा स्पोन्सर नगर्ने भनेर निर्णय गरेको छ । तर, उहाँहरुले २ करोड चानचुनमा अर्कालाई टेण्डर दिनुभयो । कार्यसमितिको निर्णयभन्दा बाहिर गएर गर्न पाइन्छ । अर्को केटिएम सिटी भन्ने जर्सीहरु बेच्ने कम्पनी हो । त्यो कम्पनीको भौचरमा के भनेर लेखिएको छ भने एन्फालाई हामीले २५ लाख दियौं भनेर लेखेको छ्याप्छ्याप्ति छ । त्यो पैसा एन्फामा गएको छैन । त्यहाँ नाम आएको छ महासचिवको,’– उनले भने ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
राजनीति२०८२ श्रावण २२, बुधबार २०:३९बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण
समाचार२०८२ श्रावण २२, बुधबार १९:००रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण २२, बुधबार १७:४९गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन « रिपोर्टर्स नेपाल
समाचार२०८२ श्रावण २२, बुधबार १७:२७वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा