दोहोरो चालिस पार गर्दै उत्कृष्ट डा. ज्ञवाली

काठमाडौं । क्यानाडामा रहेका क्यान्सर रोग विशेषज्ञ नेपाली डाक्टर विशाल ज्ञवाली ४० वर्षमुनिका उत्कृष्ट ४० चिकित्सकमा परेका छन् । द एसोसिएशन फर भ्यालु बेस क्यान्सर केयर नामक अमेरिकन संस्थाले २०२५ को ४० वर्षमुनिका उत्कृष्ट ४० क्यान्सर डाक्टरमा पुरस्कार विजेताका रूपमा ज्ञवालीलाई घोषणा गरेको हो ।
यसमा विश्वभरबाट तीन हजार चिकित्सकहरूले मनोनयन गरेकोमा क्यानाडाबाट मनोनयन भएका नेपाली डाक्टर ज्ञवालीलाई २०२५ को ४० वर्ष मुनिका व्यक्तिलाई दिइने क्यान्सर अवार्डबाट पुरस्कृत गरेको हो ।
क्यान्सर उपचारका क्षेत्रमा उनले गरेको योगदानको कदर गर्दै यस अवार्डबाट सम्मान गरिएको आयोजक द एसोसिएशन फर भ्यालु बेस क्यान्सर केयरले जनाएको छ । ज्ञवाली २०५९ मा सम्पन्न एसएलसी बोर्ड परीक्षामा सर्वप्रथम भएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
समाचार२०८२ माघ ३, शुक्रबार १९:३७गगन थापा सभापति भएको काँग्रेस आधिकारिक: निर्वाचन आयोग
कला, विचार/मनोरञ्जन२०८२ माघ ३, शुक्रबार १७:०२रहस्य र थ्रिलले भरिएको ‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ माघ ३, शुक्रबार १२:५६नेपालगन्जमा गुञ्जियो ‘कुमारी’: केहरको गायकी र अभिषेक–आकृतिको नृत्यमा झुमे दर्शक








