भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

धादिङ, ०८ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका ८८ वर्षीय जगनाथ लम्सालको खुकुरी प्रहारबाट घाइते भई उपचारको क्रममा निधन भएको छ। बैशाख २५ गते आफ्नै भतिज ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका थिए ।
घाइते अवस्थामै उनलाई तत्काल धादिङ अस्पतालमा प्रारम्भिक उपचार दिइएपछि सोही दिन हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार उहाँको निधन भएको हो।
वृद्ध लम्सालको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो। आरोपी बाबुकाजी लम्साल मृतक वृद्धका दाजुको छोरा हुन्।
स्थानीयका अनुसार, बाबुकाजी यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष जेल सजाय भोगिसकेका व्यक्ति हुन्। उक्त घटनापछि मृतक वृद्धले बाबुकाजीकी श्रीमतीको काजक्रिया गरेका थिए, जसको कारण रिसीबी राखेका बाबुकाजीले हिडडुल गर्न नसक्ने वृद्धमाथि बसेको अवस्थामा नै धारिलो हतियार प्रहार गरेका थिए।
प्रहरीले घटनाको दिन नै बाबुकाजीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ४, शनिबार १०:४१पार्टी फुटेको छैन,नयाँ सभापतिलाई मेराे बधाई छ -सुजाता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १०:३९पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति
समाचार२०८२ माघ ४, शनिबार ०८:०६निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता






