तनहुँ माथि कास्कीको १ रनको रोमाञ्चक जित

पाेखरा ।
पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा कास्कीले तनहुँमाथि १ रनको रोमाञ्चक जित निकालेको छ । निर्धारित ३५ ओभरको खेलमा टस जितेर व्याटिङ रोजेको कास्कीले २९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । प्रत्युत्तरमा जितको नजिकै पुगेको तनहुँले १ सय २९ रन जोड्दा ३१.४ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो ।
कास्कीको जितमा नायक सावित भएका प्लेयर अफ द म्याच सोनु यादवले महत्वपूर्ण ३ विकेट लिए । कास्कीको ब्याटिङमा विमोचन सापकोटाले २७ रनको पारी खेले । उनले २ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, सौरभ सिद्धिकीले टिमका लागि २५ रनको योगदान गरे । तनहुँका बलरहरु बरदान यादवले ४ तथा सौरब कुशवाह, सुप्रिम सुनार र स्पर्श तामाङले समान २/२ विकेट लिए ।
तनहुँका ब्याटर रोज श्रेष्ठले अर्धशतकिय पारी खेल्दै ५९ रन जोडेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, सुप्रिम सुनारले व्यक्तिगत २२ रनको योगफल तयार पारे । कास्कीका अन्य बलरहरु अनिस रावत र स्मित कँडेलले २/२ तथा राज परियारले १ विकेट लिएका थिए । जितसंगै कास्कीले समुह ‘ए’ मा शिर्षस्थान कायम गरेको छ । उसले २ खेलमा २ जित निकाल्दै ४ अंक बटुलेको छ । दोश्रो स्थानमा रहेको तनहुँसंग २ अंक छ भने कुनैपनि खेल जित्न नसकेको बाग्लुङ पुच्छरमा रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18295, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:५७आलु महोत्सवमा बढ्दो सहभागिता
समाचार२०८२ चैत्र २८, शनिबार २०:३२पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा सजायको माग, प्रशासन भन्छ-‘कानुनी कारबाहीमा कुनै कसर बाँकी रहँदैन’
समाचार२०८२ चैत्र २७, शुक्रबार १९:१३हेमजामा आलु महोत्सव सुरु, आलु प्रतिकेजी ३५ रुपैयाँमा खरिद गर्न सकिने
समाचार२०८२ चैत्र २६, बिहीबार १६:४२सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन दिने निर्णयको विरोध






