नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सहुलियत दिने सम्झौता

पोखरा । नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा छुट दिने सम्झौता भएको छ। अब कोषमा काम गर्ने कर्मचारी, सञ्चालक र उनीहरूका परिवारले पोलिक्लिनिकका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।
सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र रत्न पोलिक्लिनिकका प्रबन्ध निर्देशक प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार ल्याब टेस्ट, बेड चार्ज, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजी (ECG) र एक्स–रे सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
यस सम्झौताले कोषसँग जोडिएका कर्मचारी र परिवारका लागि स्वास्थ्य सेवा सजिलो र किफायती हुने अपेक्षा गरिएको छ। साथै, कोषले आफ्ना कर्मचारीको हितका लागि गर्दै आएका प्रयासमा यो सम्झौताले थप योगदान पुर्याउने विश्वास लिइएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18383, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने
समाचार२०८३ बैशाख १५, मंगलवार २०:२४पोखरामा जुवातास खेल्दै गरेका ८ जना ६३ हजार नगद सहित पक्राउ








