नीलकण्ठ नगरपालिकामा शनिबार दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला हुँदै

धादिङ,३० जेठ ।
नीलकण्ठ नगरपालिकाले दोस्रो युवा सिप, तालिम तथा रोजगार मेला २०८२” आयोजना गर्ने भएकोे छ । युवाहरूको सशक्तिकरण, सीप विकास, व्यवसायिक तालिम तथा रोजगारीको अवसर सिर्जनाका लागि रोजगार मेला हुने भएको हो
मेला शनिबार बिहान ८ बजेबाट नीलकण्ठ वालमन्दिर माध्यमिक विद्यालयको प्राङ्गण, धादिङबेसीमा आयोजना गरिने तयारी भएको पत्रकार सम्मेलनमा जनाकारी गराइएको छ ।
मेलामा रोजगारीको खोजीमा रहेका युवायुवती र रोजगारदाताबीच प्रत्यक्ष अन्तरक्रिया गराउने व्यवस्था गरिनेछ । उनीहरूले रोजगार साक्षात्कारमा भाग लिन सक्नेछन्।
साथै तालिम प्रदायक संस्थाहरू, सरकारी तथा गैरसरकारी क्षेत्रका रोजगारी सम्बन्धी जानकारी दिने स्टलहरू, स्थानीय उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शन तथा विक्री, डिजिटल मार्केटिङबारे जानकारी, सांस्कृतिक कार्यक्रम, सफल उद्यमीहरूको अनुभव आदानप्रदानजस्ता विभिन्न कार्यक्रमहरू मेलामा समावेश गरिएका छन्।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले भन्नुभयो, “नीलकण्ठ नगरपालिकाले युवाहरूको समग्र विकासका लागि निरन्तर विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। हामीले विगतमा गरेको ‘युवा सीप, तालिम तथा रोजगार मेला’ ले निकै राम्रो प्रभाव पारेको अनुभव गरेका छौं। अहिले हामी दोस्रो संस्करण आयोजना गर्दैछौं, जसको उद्देश्य नगरभित्रका सीप भएका र रोजगारी खोजिरहेका युवाहरुलाई रोजगारीदातासँग प्रत्यक्ष जोड्नु, उद्यमशीलता प्रोत्साहन गर्नु र स्थानीय उत्पादन प्रवद्र्धन गर्नु हो। उहाँले सम्पूर्ण युवायुवती, रोजगारदाता, संघसंस्था र सरोकारवालाहरुलाई मेलामा सक्रिय सहभागिता जनाउन हार्दिक आग्रह गर्नुभएको छ ।
मेला धादिङ जिल्लामा रहेका संघीय कार्यालय, प्रदेश कार्यालय, स्थानीय सरकार तथा विभिन्न निजी रोजगारदाताहरु उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, गैर सरकारी संस्था महासंघ, रोयम नेपाल लगायतका गैर सरकारी संस्था, युवा व्यवसायीहरु, सञ्चार सहकार्यमा पत्रकार महासंघको समन्वय र सहकार्यमा सञ्चालन हुने छ ।
नीलकण्ठ नगरपालिकाले आयोजना गर्न लागेको यो मेला नगरभित्रका बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारीतर्फ उन्मुख गराउन र उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ। नगरपालिकाले सबै सरोकारवाला, रोजगारदाताहरू, युवायुवती, विद्यार्थी, नागरिक समाज, पत्रकार तथा स्थानीय बासिन्दालाई मेलामा उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक आह्वान गरेको छ।
नगरपालिकाले युवासँग उपप्रमुख कार्यक्रमअन्तर्गत नेतृत्व विकास, करियर परामर्श, मनोपरामर्श, सीप र तालिम लगायतका कार्यक्रम गर्दै आएको छ। विशेष गरी गत वर्ष पहिलोपटक आयोजना गरिएको रोजगार मेलाबाट करिब ६६५ जना युवायुवती लाभान्वित भएका थिए त्यसबाट प्राप्त अनुभव र सिकाइलाई आत्मसात गर्दै यस वर्ष दोस्रोपटक यो मेला आयोजना गर्न लागिएको हो।
नेपालको संविधानले प्रत्येक नागरिकलाई रोजगारीको अधिकार सुनिश्चित गरेको छ। त्यसैगरी, स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम, नगरपालिकाले नगरभित्र विद्यमान श्रमशक्तिको अधिकतम उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यका साथ विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
हाल नगरभित्र विभिन्न संघसंस्थासँगको सहकार्यमा करिब ३७५ जना युवा विभिन्न सीप तालिममा आबद्ध भइसकेका छन्।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १८, शनिबार ०९:५६शाहरुख र रानीले जिते पहिलो पटक राष्ट्रिय अवार्ड
समाचार२०८२ श्रावण १८, शनिबार ०८:२१विद्रोहदेखि विचारसम्मको जनयात्रा
समाचार२०८२ श्रावण १७, शुक्रबार २०:४१धादिङको बेल्खुमा ३ वटा सवारी साधन ठोक्किए
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण १७, शुक्रबार १६:४१आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन