भोजन लिपि स्वादको चौथो संस्करण असार १५ गते

काठमाडौँ- अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण आगामी असार १५ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर कार्यक्रम गर्न लागिएको नेपाली खाना प्रर्वद्धनमा अभियानले जनाएको छ । कार्यक्रम धान–चामल र दुग्धजन्य पदार्थका परिकारको प्रर्वद्धनमा आधारित रहने अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । चौथो संस्करणमा मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषिउपजको पनि प्रर्वद्धन गरिनेछ ।
अभियानले यसअघि यही जेठ १८ गते काठमाडौँमा तेस्रो संस्करण सम्पन्न गरिसकेको छ । नेपाली साङ्गीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न २५ परिकार राखिएको थियो । भोजनलिपि स्वादमा अधिकांश नेपाली कृषिउपजबाट बनेका परिकार राखिएका थिए । मोही, कोदो, मकै, फापर सिस्नो, कटहर, च्याउका परिकार राखिएको थियो । बेलको सर्वत, निगुरो, खुवा, पान–लड्डुबाट बनेका परिकार पाककलाका विशेष आकर्षण थिए ।
भोजनलिपि स्वादका सर्जक कँडेलले नेपाली खानालाई नेपाली संस्कृति र आध्यात्मिक पक्षसँग पनि जोडेर लैजान उपयुक्त हुने बताउनुहुन्छ । आजको संसारमा मानिसले स्वादका अतिरिक्त जीवन पनि खोजिरहेको उल्लेख गर्दै उहाँले नेपाली खानाले संसारलाई एउटा अमूल्य औषधिरुपी उपहार पनि दिनसक्ने विचार व्यक्त गर्नुहुन्छ ।
नेपाली खाना प्रर्वद्धन अभियानको संयोजनमा हुँदै आएको भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा गरी १०० भाग सञ्चालन गरिने अभियानका संयोजक सापकोटाले जानकारी दिनुभयो । नेपाली खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्याउन यो अभियान थालिएको हो ।
हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, कास्की म्याग्दी बागलुङ, रोल्पा, जुम्लालगायत ३५ जिल्लामा परिकार प्रस्तुत गरिसकिएको छ । काठमाडौँ बाहिर सातै प्रदेशका राजधानीलगायत मुख्य सहरमा पनि अभियान चाँडै सुरु गरिने भएको छ ।
—
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’
समाचार२०८३ बैशाख २, बुधबार १०:२९समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन








