मुलचोक बजार टोलले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई अभियान संचालन गर्ने
धादिङ, असार १ गते ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित मुलचोक बजार टोल विकास संस्थाले हरेक महिनाको अन्तिम शनिबार सरसफाई अभियान सञ्चालन गर्ने भएको छ। बजार क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सो अभियान सुरु गरिएको संस्थाका अध्यक्ष कुल बहादुर झ्यारी मगरले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो।
संस्थाका अनुसार वातावरण प्रदूषण नियन्त्रण गर्ने र खोला क्षेत्रलाई सफा बनाउने लक्ष्यका साथ टोल विकास संस्थाका सदस्यहरूको सहभागितामा सरसफाई अभियान नियमित रूपमा सञ्चालन गरिनेछ।
जेठ महिनाको अन्तिम शनिबार भएको अभियान अन्तर्गत संस्थाको कार्यक्षेत्रभित्र रहेका कुहिने तथा नकुहिने फोहोरहरू संकलन गरी सरसफाई गरिएको थियो। सरसफाई अभियानमा करिब ५० जनाको सक्रिय सहभागिता रहेको संस्थाले जनाएको छ।
अध्यक्ष झ्यारीले आगामी दिनहरूमा पनि यसैगरी हरेक महिनाको अन्तिम शनिबारलाई ‘सरसफाई अभियान दिवस’ का रूपमा मनाउँदै नियमित सरसफाई गरिने योजना रहेको बताउनुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन








