नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

धादिङबेशी २,असार । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका बिद्याथीहरुलाई लागु औषध दुब्र्यशनी तथा साईबर क्राईम सम्बन्धी अभिमुखिकरण गरिएको छ । विद्यार्थीहरूलाई लागुपदाथ दुब्र्यशनी, साईबर क्राईमको हानिकारक असर र साइबर अपराधको जोखिमबारे सचेत गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको थियो ।
आईतबार नेत्रावती डवजोङ गाउँपालिकाको सेमजोङ स्थित चौतारा माविमा अभिमुखिकरण सम्पन्न भए संगै ५ वटा माध्यामिक विद्यालयहरुमा लागुपदार्थ दुव्र्यसन तथा साइबर क्राइमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । यस अघि मंगलादेवी मावि, निरन्जना मावि,कुण्डलादेवी मावि,महेन्द्रबाराहि माविमा अभिमुखिकरण कार्यक्रम संचालन भएको थियो ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका आयोजनामा तथा धादिङ मनोसामाजिक संस्थाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखीकरण कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी भएका थिए ।
आईतबार सम्पन्न अभिमुखिकरण कार्यक्रममा नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सितामाया चोदेनको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष सुरेश वाईवा, शिक्षा शाखा प्रमुख शुशिला ङ्याङ्जो, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर गुरुङ लगाएतको आतिथ्यता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रमलाई डा. दिनेश रेग्मीले लागुपदार्थ दुव्र्यसनसम्बन्धी विषयमा र साइबर क्राइमसम्बन्धी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले सहजीकरण गर्नु भएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २, सोमबार २०:१४‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
समाचार२०८२ असार २, सोमबार १९:५८कोशीमा हात्तीको आक्रमण बढ्दो, बिद्युतीय धरापमा परेर २ हात्ती मरे
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २, सोमबार १६:५०समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
समाचार२०८२ असार २, सोमबार १२:३९नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण