औलोका सात जना बिरामी भेटिए « रिपोर्टर्स नेपाल

औलोका सात जना बिरामी भेटिए « रिपोर्टर्स नेपाल

चितवन, ६ असार । चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । गत आर्थिक वर्षमा १० जनामा उक्त रोगको सङ्क्रमण देखिएको थियो ।

पन्ध्र वर्ष उमेरभन्दा बढीमा यो रोग देखिएको उनले बताए । यो रोग एनोफलिज जातको लामखुट्टेले टोक्दा हुने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।

उनका अनुसार अहिले औलो रोग निवारण गर्नेगरी कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालमा पी भाइभाक्स परजिवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा पी फाल्सीपारम परजिवी भेटिने गरेको उनले बताए ।

औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए। रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   9   =  

Protected by Spam Master