जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काठमाडौं, २८ असार । जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका सातवटै स्थानीय तहअन्तर्गत १६ देखि २३ महिना उमेर समूहमा पर्ने बालबालिकाले राष्ट्रिय नियमित खोप तालिका अनुसार तोकिएको सम्पूर्ण खोप सेवा प्राप्त गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा सुनील पुनले १६ देखि २३ महिना उमेर समूहका बालबालिकाले नियमित खोप तालिका अनुसार सम्पूर्ण खोप लिइसकेपछि जिल्लाले पूर्णखोप सुनिश्चितता हासिल गरेको जानकारी दिए ।
पूर्णखोप सुनिश्चितता अभियानअन्तर्गत जिल्लाका हजारौँ बालबालिकालाई लक्षित गरी खोप सेवा पु¥याइएको हो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुखहरू, विभिन्न वडाका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घसंस्था, पत्रकार र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।
जिल्लालाई पूर्णखोप सुनिश्चित बनाउनुका साथै आगामी दिनमा यसको दिगोपना कायम राख्न सबैपक्षले निरन्तर सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममार्फत बालस्वास्थ्य र खोपको पहुँच विस्तार गर्न आवश्यक रणनीति र सहयोगको खाका प्रस्तुत गरिएको थियो । स्वास्थ्य मन्त्रालयको ‘सबै बालबालिकालाई पूर्णखोप’ भन्ने लक्ष्यअनुसार अगाडि बढाइएको अभियानमा जाजरकोटले उल्लेखनीय सफलतासँगै कर्णाली प्रदेशमा उदाहरणीय उपलब्धि हासिल गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









