रसुवागढी-स्याफ्रुबेसी सडक संचालनमा

रसुवा- रसुवागढी-स्याफ्रुबेसी सडक आजबाट संचालनमा आएको छ ।
गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक अयोजनाका अनुसार लिङलिङको सडक मर्मत तथा निमार्ण गरेसँगै सडक संचालनमा आएको हो ।

१२ दिन देखिको निरन्तर प्रयासपछि लिङलिङ र फयाङलुङ खोलाको बीच भागमा रहेको करिब दुई सय मिटर सडक निमार्ण गरेसँगै आजबाट सडक सुचारु भएको आयोजनाका इन्जिनियर रुपनारायण पौडेले बताउनुभयो ।

रसुवामा गत २४ गते मंगलबार विहान चीनको लेन्दे खोलाबाट आएको बाढीले स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको दश स्थानमा कटान गरेको थियो ।
कटान गरेको सडक दुबैतर्फ बाट काम गरी अस्थायी रुपमा भए पनि सञ्चालनमा ल्याउन सफल भएको आयोजनाले जनाएको छ ।
हाल ट्र्याक खुलाउन मात्र सफल भएकोले तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने पौडेले बताउनुभयो ।

नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फबाट पनि कटान गरेका भागहरुको मर्मत तथा लेन्दे खोलामा तत्काल बेलिबृज निमार्णका लागि चिनीयाँ पक्षले काम गरिरहेकोले रसुवागढीमा पनि बेलिबृज छिट्टै निमार्ण हुनेछ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ९, सोमबार १८:३६‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक, ग्रामीण कथामा देश प्रेमको झल्को
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार २१:३८चलचित्र विकास बोर्डको सहयोगमा निर्माणाधिन तामाङ चलचित्र ‘उर्गेन’ शुभ मुहुर्त
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार २१:३५‘कस्तुरी’को अधिकांश छायांकन सकियो, गीत र केही दृश्य बाँकी
समाचार२०८२ चैत्र ८, आईतवार २०:३३तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता








