रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन

धादिङबेशी, ५ साउन । Service Above Self भन्ने मूल नाराका साथ सामाजिक सेवामा क्रियाशील Rotaract Club of Dhading को दोस्रो पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा श्रीकृष्ण रिजाल आगामी कार्यकालका लागि -Rotaract Year २०२५-२६ क्लबको अध्यक्षमा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष रिजालले पदबहालीको क्रममा आफूलाई प्राप्त जिम्मेवारीलाई गर्वको विषय मानेका छन् । उनले सामाजिक उत्तरदायित्व अझ प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै, संस्थापक अध्यक्ष उत्तम सिलवाल, क्लब सल्लाहकार Rtn. अशोक कुमार बस्नेत, तथा Rotary Club of Dhading परिवारलाई निरन्तर सहयोगका लागि आभार व्यक्त गरे ।
कार्यक्रममा Rotary Club of Dhading को १०औं पदस्थापन समारोह पनि सम्पन्न भएको छ । सो समारोहमा डा. रामचन्द्र रिजालले क्लबको अध्यक्ष पदभार ग्रहण गरेका छन् । समारोहमा Rotaract Year २०२५-२६ का अध्यक्ष श्रीकृष्ण रिजालले नयाँ रोटरी टोलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
समारोहमा प्रमुख अतिथि, विशेष अतिथि, रोटरी क्लबका अध्यक्ष, पदाधिकारी, पूर्व अध्यक्षहरू र Rotaract सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो ।
-Rotaract Year २०२५-२६ संस्थापक अध्यक्षमा उत्तम सिलवाल,उपाध्यक्षमा भवानी भट्टराई,सचिवमा प्रतिभा श्रेष्ठ,कोषाध्यक्षमा रुपा नेपाल, संयुक्त सचिवमा कुस्मा श्रेष्ठ,संयुक्त कोषाध्यक्षमा नविना थापा,पब्लिक इमेज चेयरमा प्रतिमा अर्याल,सदस्यता प्रमुखमा निलकण्ठ बरुवाल,सेवा प्रमुखमा सपना दाहाल रहेका छन् । त्यसैगरी समितिको सर्जेन्ट एट आम्र्समा रोजिना धरेल,फाउन्डेशन प्रमुखमा प्रगति अर्याल,सिकाइ सहजकर्तामा अनिस श्रेष्ठ,युवा सम्पर्कमा सन्दिप रिजाल र रोटरेक्ट सल्लाहकार अशोक कुमार बस्नेत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सलिन गुरुङ,प्रदिप पोखरेल,शंकर रिजाल, र दिपा श्रेष्ठ रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख ३, बिहीबार १६:०९परवानीपुर गोल्डकपः शनिबारदेखि सुरु हुने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:२७‘लालीबजार’ समाजको यथार्थ बोल्ने फिल्म हो : निर्देशक यम थापा
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन









