साफ यु –२० च्याम्पियनसिपमा उपविजेता टोली स्वदेश फिर्ता

काठमाडौं। साफ यु –२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ।
टोलीलाई लिन अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
प्रतियोगितामा भुटान र श्रीलंकलाई हराएको नेपालले बंगलादेशसँग दुवै खेलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग नेपाल ४–० ले पराजित भयो।
योसँगै बंगलादेशले अपराजित रहँदै १८ अंकका साथ उपाधि हात पार्यो। बंगलादेशसँग दुई हार बेहोरेको नेपालले ६ खेलबाट १२ अंक पुर्यायो। नेपालले लिग चरणमा श्रीलंकालाई समान ७ गोलले पराजित गरेको थियो। भुटानलाई ६–१ र ८–० ले पराजित गरेको बंगलादेशसँग नेपाल ३–२ ले पराजित भएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









