मानव बेचविखन तथा ओसारपसार विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत्तिले स्वीकृत गरेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
विधेयकका सम्बन्धमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री सुडीले विधेयक महत्वपूर्ण रहेको र यसमा आवश्यक सुधार भए समेटेर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरु वासुदेव घिमिरे, दामोदार पौडेल वैरागी, नागिना यादव, बिजुला रायमाझी, सराज अहमद फारुकी, जनार्दन शर्मा, विमला सुवेदी, प्रतिक्षा तिवारी, भगवती चौधरी, ठाकुर गैरे, रामप्रकाश चौधरी, नारायणी शर्मा, सुशीला सिर्पाली ठकुरी, प्रेम सुवाल, हर्कमाया विश्वकर्मा, रणकुमारी बलम्पाकी मगर, रुपा सोशी (चौधरी), रमा कोइराला पौडेल, जावेदा खातुन जागा र रणेन्द्र बराली सहभागी हुनुभयो ।
आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यसअघि बैठकमा सभामुखको आसनबाट सांसद दुर्गा राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ९ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४१‘महाराजधिराज’मा केकी अधिकारी ‘महारानी’का रूपमा अनुबन्धित
खेलकुद२०८३ बैशाख ३, बिहीबार १६:०९परवानीपुर गोल्डकपः शनिबारदेखि सुरु हुने








