राष्ट्रिय विभूति भीमसेन थापाप्रति श्रद्धाञ्जली

काठमाडौं- नेपालका राष्ट्रिय विभूति एवं प्रथम कमाण्डर इन चिफ भीमसेन थापाको २५१औं जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
यसैक्रममा काठमाडौंको धरहरा परिसरमा श्रद्धाञ्जली तथा सम्मान अर्पण कार्यक्रम गरिएको छ । त्यसबखत नेपाली सेनाले स्वर्गीय थापाप्रति सम्मान अर्पण गर्यो । समारोहमा विभिन्न क्षेत्रका व्यक्तिहरुले भीमसेन थापाका योगदानहरुको स्मरण गर्नुभयो ।
भीमसेन थापाले नेपाली सेनाको आधुनिकीकरण र तत्कालीन समाज सुधारमा गरेका कामहरुका बारेमा उहाँहरुले धारणा राख्नुभएको थियो । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसनले कार्यक्रम आयोजना गरेको हो ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित








