पहिरो रोकथाम र सडक निर्माण कार्य तीव्र

धादिङ, साउन ०९ गते ।
अस्मिता पोखरेल ।
एक वर्षअघि नागढुंगा–मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । यो दर्दनाक घटना पुनः दोहोरिन नदिन हाल उक्त क्षेत्रमा पहिरो रोकथाम र सडक निर्माणमा तीव्रता दिइएको छ ।
स्थानीयको भनाइ अनुसार, त्यहाँ वि.सं २०५७/०५८ सालमा पनि ठूलो पहिरो गएको थियो । गत वर्ष लगातार दुई/तिन दिन भएको वर्षाले भिरालो ठाउँमा माटो भिजेर पहिरो झरेको भन्ने अनुमान छ ।
नागढुंगा–मुग्लिङ सडक पुर्वीखण्डका योजना प्रमुख केशव ओझाका अनुसार पहिला त्यहाँ लगाइएको टेवा पर्खालमा माइक्रोपाइल प्रविधिको प्रयोग गरेर काम गरिएको छ । हाल टेवा पर्खालको पुनर्निर्माण, स्वाइल एंकरिङ र ग्याविन वालको काम भइरहेको छ । टेवा पर्खाल भत्किएको ठाउँमा पहिरो रोक्न, पर्खाल बलियो बनाउँन, वा सडक टिकाउनको लागि स्वाइल एनकरेज गर्ने गरी काम भइरहेको छ ।
माटो खसेको र सवारी साधनहरु पुरिएका ठाउँमा लेदो माटोहरु पन्छाएर ग्याविन पर्खाल निमार्णको काम अन्तिम चरणमा छ । अहिले वर्खाको समयमा पनि गर्न मिल्ने काम भएको हुनाले नियमित रुपमा काम भइरहेको योजना प्रमुख ओझाको भनाइ छ ।
हाल मनसुनको समयमा सडक सञ्चालनमा समस्या नआओस् भनेर तत्कालीन उपायहरू लागू गरिएको ओझाले जानकारी दिनुभयो । झ्याप्ले खोलाको सम्पुर्ण कामहरु लागत पनि धेरै हुने र अहिले निमार्ण भइरहेको ठेक्काबाट सम्भव नहुने हुनाले त्यसको दिर्घकालिन कामहरु पछि अध्ययनबाट प्राप्त भए बमोजिम नै हुने छ । उहाँले भन्नुभयो, “यो तत्कालिन व्यवस्थापनको लागि मात्रै हो पहिरो व्यवस्थापनको सम्पुर्ण कामहरु अहिले गरेको हैन” ।
उक्त सडकखण्डको चार किलो भन्ने स्थानमा महेश खोलाले गरेको कटान रोक्न टेवा पर्खाल निर्माण गरिएको छ । परेवाभिरमा सुख्खा पहिरोबाट खसेको माटोहरु सबै पन्छाएर ग्याबिन जाली लाउने काम सम्पन्न भएसकेको छ । उहाँका अनुसार कमेरे भीरको थप अध्ययन गर्ने काम भइरहेको र अध्ययन प्रतिवेदन आइसकेपछि स्रोतहरु पहिचान गरेर काम अगाडि बढाइने छ ।
नागढुंगा पूर्वी खण्ड आयोजना सडकखण्डअन्तर्गत दुईओटा प्याकेजहरु छन्। योजना प्रमुख ओझाले भन्नुभयो, ‘एउटा प्याकेज नागढुंगादेखि नैबिसे खण्डसम्म १२.२ किलोमिटर र नविसेदेखि मलेखुखण्डसम्म ४३.५ किमि छ । कुल ५५ किमिमध्ये हालसम्म करिब आधा अर्थात २७ किमि पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।
यस खण्डमा पर्ने १५ वटा पुलहरुमध्ये नौ ओटा पुलहरुमा गाडीहरु नै चल्न सुरु गरेका छन् । सडकतर्फ पनि चालु आवसम्म पहिलो तहको कालोपत्रे ५५ किमिमा सक्ने योजना छ । आयोजनाको कुल समग्रमा हेर्दा ४४ प्रतिशत भौतिक प्रगति छ । पहिलो प्याकेजको करिब ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत काम भइसकेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ श्रावण ११, शनिबार ०९:४६सुबिनाको तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक
समाचार२०८२ श्रावण ११, शनिबार ०७:५६चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा, तराई-मधेशमा हावाहुरीको सम्भावना
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १०, शुक्रबार २१:०३‘वार २’ को ट्रेलर सार्वजनिक ऋतिक राेशन र जूनियर एनटीआरको दमदार एक्सन
समाचार२०८२ श्रावण १०, शुक्रबार २०:३९आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : देउवा