पार्टी भित्रको गुट अन्त्य गरे आगामी निर्वाचनमा काँग्रेसको बहुमत आउछः सभापति शेरबहादुर देउवा

धादिङ,९ साउन
नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउनको लागि पार्टी भित्रको गुटको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पार्टी भित्रको गुट अन्य गरेर अगाडी बढे काँग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस धादिङका पुर्व सभापति स्वर्गीय भरत प्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौविसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले बहुमत ल्याउने वातावरण सिर्जना गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट जनता र देशको लागि काम गर्नुपर्ने बताउनुभयो ।

सभालाई सम्बोधन गर्नुहुँदै कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो । स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने धारणा राख्नुभयो । कांग्रेस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, सशांक कोइराला लगायत केन्द्रिय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, पुर्व सभापति रमेश धमला,नेपाली काँग्रेसका नेता तथा नीलकण्ठ नगर प्रमुख भीमप्रसाद ढुंगाना सहित नेताहरुले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै स्वर्गीय नेता उप्रेतीका विगतका संघर्ष सम्झदै प्रशंसा गरेका थिए । वि.स.१९८५ सालमा धादिङको नौबिसेमा जन्मिनुभएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन








