कैदीबन्दीमा छालाजन्य रोग « रिपोर्टर्स नेपाल

तनहुँ, २० साउन । दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ । तीस पुरुष र १० महिलामा दाद, लुतोलगायत छालासम्बन्धी समस्या देखिएको हो ।
पुरुषतर्फ रक्तचापका १५, मधुमेहका १०, श्वासप्रश्वासका दुई, क्षयरोगका एक, बाथरोगका दुई र एचआइभी सङ्क्रमित दुई कैदी रहेका छन् । त्यसैगरी, महिलातर्फ दुई मधुमेह र एक रक्तचापका कैदी रहेका छन् । कैदीबन्दीलाई दैनिक स्वास्थ्य सेवा प्रदान गर्दैआएको कारागारका अहेव श्यामसिं बोहराले जानकारी दिए ।
उनले भने, “सामान्य प्रकृतिका बिरामीका यही उपचार हुन्छ, जटिल प्रकृतिका बिरामीलाई प्रदेश अस्पताल दमौली लैजाने गरिएको छ ।” गर्मीका कारण छालाजन्य रोगका बिरामी रहे पनि उपचारपश्चात् निको हुँदै गएको उनले बताए ।
“करिब आठ महिना स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले उपचारका लागि कठिनाइ भोग्नुपरेको थियो, अहिले सहज भएको छ,” उनले भने । एक सय ३५ जनाको क्षमता रहेको कारागारमा हाल २४ महिलासहित ३२१ कैदीबन्दी रहेका छन् ।
लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि यस कारागारमा ३० कैदीबन्दी पठाएको उनले बताए । उक्त कारागारमा रहेका १०९ कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार पठाइएको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित








