बेनीको प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवाको ‘सिफ्ट’ थपियो

बेनीको प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवाको ‘सिफ्ट’ थपियो

म्याग्दी, २६ साउन । म्याग्दीमा रहेको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डाइलाइसिस सेवाको अवधि बढाएको छ । यसअघि दैनिक दुई चरण (सिफ्ट)मा ‘डाइलाइसिस’ सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो ।

अस्पतालका प्रमुख चिकित्सक डा रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डाइलाइसिस सेवा दिन थालिएको जानकारी दिए । “यसअघि बिहान १०देखि राति १० बजेसम्म डाइलाइसिस सेवा सञ्चालन गर्दा ३० जनाले सेवा लिने गरेका थिए,” उनले भने “सिफ्ट बढाएपछि हाल ३५ देखि ३७ जनाले डाइलाइसिसगर्न पाउनुभएको छ ।”

थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर प्रतिक्षामा रहेका थप पाँच जना मिर्गौलाका बिरामीलाई जिल्लामै डाइलाइसिस सेवा उपलब्ध गराउने प्रयासमा रहेको डा प्रधानले बताए । उनीहरु हाल डाइलाइसिसका लागि बागलुङ, कुश्मा र पोखरा जाने गरेका छन् । डाइलाइसिसका लागि पालो कुरेर बस्ने मिर्गौला रोगसम्बन्धी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य रहेको अस्पतालका प्रमुख डा प्रधानले बताए ।

विसं २०७७ देखि बेनी अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा सञ्चालन भएको थियो । अस्पतालमा पाँच ‘डाइलाइसिस मेसिन’ छन् । बेनी अस्पतालले डाइलाइसिस सेवा अवधि थप गरेपछि डाइलाइसिसका लागि पोखरा, बागलुङ र कुश्माको अस्पतालमा जाँदा हुने समय र खर्चको बचत भएको छ । मिर्गौलाका बिरामीले हप्तामा कम्तीमा दुईदेखि बढीमा चार पटक डाइलाइसिस गर्नुपर्छ ।

निजी अस्पतालमा एकपटक डाइलाइसिस गराउँदा यातायात, खानाबस्नसहित गरी एक पटकमा रु आठ हजार भन्दाबढी खर्च हुन्छ । गण्डकी प्रदेशमा म्याग्दी धेरै मिर्गौला पीडित भएको जिल्लाको रुपमासमेत चिनिन्छ । अस्पतालको सम्पर्कमा करिब ४० मिर्गौलाका बिरामी छन् । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   5   =  

Protected by Spam Master