अन्तर्राष्ट्रिय युवा दिवसमा नीलकण्ठ नगरपालिकाद्धार ‘नगर युवा संवाद’ कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवसमा नीलकण्ठ नगरपालिकाद्धार ‘नगर युवा संवाद’ कार्यक्रम

धादिङ, २८ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नीलकण्ठ नगरपालिका, धादिङले ‘नगर युवा संवाद’ कार्यक्रम सम्पन्न गरेको छ। ‘दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सीप तथा प्राविधिक शिक्षाको महत्त्व र युवाको भविष्य, साइबर क्राइम र लागू औषध नियन्त्रण सम्बन्धी, Digital Literacy, AI Based Tools को प्रयोग सम्बन्धी प्रस्तुतिकरण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले साइबर क्राइम र लागुऔषध नियन्त्रण सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । त्यसैगरीे एआई सम्बन्धी विषयमा अजय पाण्डेले प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा सीप तथा प्राविधिक शिक्षाको महत्त्व, डिजिटल साक्षरता र AI आधारित उपकरणको प्रयोग, साइबर सुरक्षाका उपाय तथा मेयर उद्यमशीलता र युवासँग, उप–प्रमुख कार्यक्रमको बारेमा समीक्षा समेत गरिएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   7   =  

Protected by Spam Master