मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण « रिपोर्टर्स नेपाल

मुस्ताङ, ३ भदौ । हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो ।
डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा समिक्षा कँडेलले जानकारी दिए । उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएको छ ।
साउनमा यहाँ डेङ्गु रोग सङ्क्रमण देखिएको यो पहिलो घटना भएको डा कँडेलले जानकारी दिए । यहाँ आउने पर्यटकका माध्यमबाट यहाँ डेङ्गु सङ्क्रमण देखिएको उनको भनाइ छ । यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव २०८०/८१ मा चार जना तथा आव २०८१/८२ मा १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो








