चितवनमा ठूलो मात्रामा लागू औषधसहित सात जना पक्राउ

चितवन- चितवन प्रहरीले ठूलो मात्रामा लागू औषधसहित सात जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–९ पारस बसपार्कस्थित न्यु धौलागिरी थकाली भान्सा घर एण्ड लजमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोठा नम्बर १०६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
चितवन प्रहरीले पक्राउ परेकाहरूको साथबाट Tramol–50 लेखिएको १,७८० पत्ता (जम्मा १७,४०० क्याप्सुल) बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमा चितवन माडी नगरपालिका–१ का २४ वर्षीय अनिष श्रेष्ठ,चितवन कालिका नगरपालिका–५ की २१ वर्षीया शान्ती गुरुङ,पर्सा ठोरी गाउँपालिका–२ टाउनका २१ वर्षीय विनायक तामाङ,पर्सा ठोरी गाउँपालिका–२ भञ्ज्याङका २५ वर्षीय सूर्य लामा,पर्सा ठोरी गाउँपालिका–२ का १८ वर्षीय प्रदिप लामा,पर्सा ठोरी गाउँपालिका–२ का २४ वर्षीय प्रदिप न्यौपाने,भारत बिहार राज्य पश्चिम चम्पारण चनपटियाका २४ वर्षीय आर्यन कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले पक्राउ परेकाहरूमाथि लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








