लायन्स क्लव अफ काठमाण्डौ सूर्यमुखीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण

धादिङबेशी । लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीको आयोजनामा निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला भक्तालुजनहरुलाई पशुपति मन्दिर परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा १०५ जनाले सेवा लिएका छन् ।
धादिङ अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर अशोक छत्कुली र निमित्त नर्सिङ प्रमुख एस्तर तामाङको नेतृत्वको टिमले स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा प्रेसर, ज्वरो, अक्सिजन लेबल, वेट, मुटुको धड्कन परीक्षण, घाउ चोट पटकको सामान्य ड्रेसिङ सेवा तथा चिकित्सकिय परामर्श सेवा दिएको क्लबका अध्यक्ष विक्रम विश्वकर्माले जानकारी दिनु भयो ।
स्वास्थ्य परीक्षणसंगै बिरामीको आवश्यकता बमोजिम जीवनजल, ज्वरो, ग्यास्ट्राइटिस, दुखाई लागतको औषधी समेत वितरण गरिएको अध्यक्ष बिश्वकर्माले बताउनु भयो । त्यस्तै गरि, स्वास्थ्य शिविरकै अवसरमा जलपान वितरण र सरसफाई कार्यक्रम पनि गरिएको छ । क्लवले मन्दिरपरिसरमा शुद्ध खानेपानीको वितरण समेत गरेको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २९, बुधबार ०९:३२चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा