स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छः मुख्यमन्त्री बानियाँ

काठमाडौं, १२ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री बानियाँले राजनीतिक विचारभन्दा माथि उठेर काम गरिरहेको बताए ।
स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रमा राजनीतिक विचारभन्दा माथि उठेर सरकार र प्रतिपक्ष एकमत भएर अघि बढ्नुपर्ने बताए । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको प्रतिष्ठानलाई बजेट र जनशक्ति अभाव हुन नदिने उनले प्रतिबद्धता जनाए ।
प्रतिष्ठानको विकासमा कुनै राजनीतिक बाधा अवरोध आउन नदिने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको स्वास्थ्यसम्बन्धी गौरवको आयोजना भएकाले यसलाई द्रूत गतिमा अघि बढाइने बताए । प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एकै ठाउँमा सञ्चालन गर्न आगामी १० महिनाभित्र एकीकृत पूर्वाधार निर्माण गरिने र निर्माणाधिन हेटौँडा अस्पताल भवन निर्माण तत्काल अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशकै गौरवका आयोजनाको रुपमा रहेको प्रतिष्ठानलाई सबैले राजनीतिक विचार र आस्थाभन्दा माथि उठेर सहयोग गर्नुपर्ने बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









