बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह

काठमाडौं, १३ भदौ । श्रमदानसहितको लगानीमा खेलकुद एकेडेमी, रङ्गशालालगायत संरचना बनाउन सफल मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृट स्थानीय तह बनेको छ । मुलुककै उत्कृष्ट स्थानीय तह बनेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२औँ वार्षिकोत्सवमा बागमती गाउँपालिकालाई सम्मान गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएकाले क्षमता भएर पनि माथि उठ्न नसकेका खेलाडीलाई खेलकुद एकेडेमीमा राखेर पढाइसँगै प्रशिक्षण गराउने उद्देश्यले खेलाडीको छनोट गरिरहेको पालिकाले जनाएको छ ।
पालिकाले सर्वाधिक पुरस्कार राशि रहेको गोल्डकपको आयोजना, श्रमदानबाट खेल मैदान निर्माण तथा खेलकुदका क्षेत्रमा बजेट विनियोजन गरेर योगदान गरेको भन्दै सम्मान गरिएको राखेपले जनाएको छ । नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा पालिकाले गरेको कार्य उदाहरणीय रहेको भन्दै सम्मान गरिएको जनाइएको छ ।
सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलगायतले गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, पालिकाका खेलकुद समितिका अध्यक्ष रहरसिं थिङ, निवर्तमान अध्यक्ष अरुण बललगायतलाई सम्मानपत्र प्रदान गरे ।
राखेपले हरेक वर्ष खेलकुद क्षेत्रमा गरेको लगानी, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माण, खेलाडी उत्पादन, प्रोत्साहनलगायत विभिन्न नतिजाको मूल्याङ्कन गर्दै एक स्थानीय तहलाई सम्मान गर्दै आइरहेको छ । बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रङ्गशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन र राष्ट्रियस्तरको गोल्डकप सञ्चालन गर्दै आइरहेको छ ।
्राखेपले आफ्नो वार्षिकोत्सवमा पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरेको छ । उक्त पालिकाले खेलकुद एकेडेमी सञ्चालन, रङ्गशाला निर्माण तथा सञ्चालन, विभिन्न प्रतियोगिता अयोजनालगायत विभिन्न खेलसम्बन्धी वार्षिक कार्यक्रम बनाएर बजेट विनियोजन गरिरहेको छ । हालै सम्पन्न राष्ट्रिय जुनियर उसु प्रतियोगितामा पालिकाले २५ वटा पदक प्राप्त गर्न सफल भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








