नेपालसंग साउथ अष्ट्रेलिया २ विकेटले पराजित

काठमाडौँ- अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम एक दिवसिय अभ्यास खेलमा जित निकालेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।
२४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान रोहित पौडेलले शतक पुरा गर्दै १०१ रन बनाए । यसैगरि सोमपाल कामीले ३८ रन बनाएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन बनाएको थियो ।
बलिङमा नेपालकालागि सोमपाल कामी र नन्दन यादवले ३-३ विकेट लिए ।नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








