नेपालसंग साउथ अष्ट्रेलिया २ विकेटले पराजित

काठमाडौँ- अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम एक दिवसिय अभ्यास खेलमा जित निकालेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।
२४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान रोहित पौडेलले शतक पुरा गर्दै १०१ रन बनाए । यसैगरि सोमपाल कामीले ३८ रन बनाएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन बनाएको थियो ।
बलिङमा नेपालकालागि सोमपाल कामी र नन्दन यादवले ३-३ विकेट लिए ।नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २९, बुधबार ०९:३२चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा