ड्रागन फ्रूट खेतीमा लागेका बस्नेतको लोभलाग्दो आम्दानी

दाङ — दङ्गीशरण गाउँपालिका–५ सलौराका युवा दीपक बस्नेतले व्यावसायिक रूपमा ड्रागन खेती सुरु गरेको ५ वर्ष भयो । २०७७ सालमा ३ बिगा क्षेत्रफलमा ड्रागन खेती सुरु गरेकामा हाल ७ बिगामा फैलिएको उहाँको भनाई छ ।
बिरुवा लगाएको एक वर्षमै उत्पादन दिन सुरु गरेको ड्रागनबाट अहिले पाचौं वर्षमा आइपुग्दा राम्रो आम्दानी गर्न सफल भएको बस्नेतले बताउनुभयो । ‘वार्षिक १० मेट्रिक टन ड्रागन उत्पादन हुन्छ’ बस्नेतले भन्नुभयो ‘त्यसबाट २० देखि २५ लाखसम्म आम्दानी हुँदै आएको छ ।’ बजारीकरणमा पनि समस्या नभएकोले उत्पादनमा लाग्ने युवाहरूका यसमा राम्रो भविष्य रहेको पनि बस्नेतले बताउनुभयो ।
उत्पादित ड्रागनको बजारीकरणका लागि हालै मात्र दाङमा ड्रागन फ्रूट व्यावसायिक समिति समेत गठन भएको छ । उक्त समितिले बजारीकरणमा सहजीकरण गर्दै मूल्यमा एक रुपता ल्याउन रातो ड्रागनलाई प्रति किलो रु। ३५० र सेतोलाई प्रतिकिलो रु २५० मूल्य निर्धारण समेत गरेको छ । व्यवसायीहरूले थोकमा बेच्दा भने प्रतिकिलो रु। २२० मा विक्री गर्दै आएको बस्नेतले जानकारी दिनुभयो ।
हाल दाङमा ५६ व्यावसायिक किसान सक्रिय छन् । उनीहरूले ६३४ कट्ठा क्षेत्रफलमा ३० हजार ३१५ पोल तयार गरी १ लाख २ हजार ५६५ बिरुवा रोपेका छन् । यस वर्ष करिब १ लाख ५५ हजार किलो उत्पादन भई किसानले ६ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । ड्रागन फ्रुटको मूल्य सुरुमा निकै महँगो भए पनि हाल स्थिर भएको छ । २०७८ सालमा प्रतिकिलो २५० रुपैयाँमा बिक्री भएको फल हाल ३५० रुपैयाँमा बिक्री भइरहेको किसान दीपक बस्नेतले बताउनुभयो ।
दाङमा रातो, सेतो, पहेँलो र रातो–सी जातका ड्रागन फ्रुट खेती भइरहेको छ । ठुला व्यवसायीहरूले उत्पादन काठमाडौँ, पोखरा, बुटवल, नेपालगन्ज पठाइरहेका छन् भने साना व्यवसायीहरूले स्थानीय बजार र छिमेकी जिल्लामा बिक्री गरिरहेका छन् ।
ड्रागन फ्रुट खेती विस्तारले रोजगारी सिर्जना, कृषि नवप्रवर्तन र आर्थिक समृद्धिको सम्भावना देखाएको व्यवसायीहरूको भनाइ छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’