लहान मुटु अस्पतालद्वारा सेवा विस्तार « रिपोर्टर्स नेपाल

सिरहा, ४ असोज । लहान मुटु अस्पतालले सेवा विस्तार गर्दै अत्याधुनिक परीक्षण सेवा सुरु गरेको छ । लहान नगरपालिका–४ स्थित चम्पापुरमा निर्माणाधीन यो अस्पतालले हालै मुटुरोग जाँच सम्बन्धित ‘इकोकार्डियोग्राफी’, ‘ट्रेडमिल टेस्ट’ र ‘होल्टर मोनिटर टेस्ट’ सेवा सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, शुक्रबारदेखि औपचारिक रूपमा २५ श्ययाको सेवा पनि सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहले जानकारी दिए । छ महिनाअघि सुरु भएको ओपिडी सेवामार्फत हालसम्म तीन हजारभन्दा बढी बिरामीले सेवा लिइसकेका छन् । अत्याधुनिक प्रयोगशालासहित न्यूनतम शुल्कमा सेवा दिइरहेको अस्पताल नाफामुखी नभई सेवा–केन्द्रित मोडेलमा सञ्चालन भइरहेको जनाइएको छ ।
अहिले अस्पतालले लहान नगरपालिकाद्वारा उपलब्ध ११ बिघा सार्वजनिक जग्गामा दुई भवनमार्फत सेवा दिइरहेको छ । डा साहका अनुसार, भविष्यमा ५०० श्ययाको पूर्ण अस्पताल बनाउने योजना रहेको छ, जसको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ ।
अस्पताल प्रशासनले एक वर्षभित्र सघन उपचार कक्ष (आइसियु) र सिटीस्क्यान सेवा सुरु गर्ने तयारी गरिरहेको छ । साथै, अस्पताललाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रकै स्वरुपमा कार्डियो–डायबेटिक सेन्टरका रूपमा विस्तार गरिँदैछ ।
नेपाल हृदय रोग निवारण सङ्घअन्तर्गत सञ्चालनमा आएको यो अस्पताल डा बालकृष्ण ओग्र्यानको पहलमा स्थापना भएको हो । जर्मनीस्थित ‘नेपाल मेड ई भि’ र’ रोटरी क्लब कटबस’ संस्थाबाट करिब दुई अर्ब बराबरको सहयोगमा अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको छ ।
गुणस्तरीय सेवा दिइँदै आए पनि प्रचारप्रसार, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीले बताए । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २८, मंगलवार १५:२६कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
समाचार२०८२ आश्विन २८, मंगलवार १२:५३कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २८, मंगलवार १०:४९शिविरबाट एक हजार ३७५ लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८२ आश्विन २८, मंगलवार ०५:२०विश्वकप छनोटः नेपालद्वारा कतार पराजित