बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न

धादिङ, असोज ४ गते ।
सिद्धलेक गाउँपालिका–४ खुर्सानिटारस्थित बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ ।
ग्रामिण क्षेत्रमा महिलाको जिविकोपार्जन, सशक्तिकरण तथा आय आर्जन वृद्धिमा सहयोग पु–याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा अस्मिता अर्यालले सहजीकरण गर्नुभएको थियो ।
तालिममा बन्काली आमा कृषक समूहका २५ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममार्फत सहभागी महिलाहरुलाई आत्मनिर्भर बन्न प्रोत्साहित गरिएको छ । तालिम एक्सन नेपाल धादिङ र डी.सी.ए. नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरिएको हो ।
सहभागीहरुले तालिमपछि स्थानीय स्तरमा घरायसी तथा व्यावसायिक प्रयोजनका लागि साबुन उत्पादन गरी आय आर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।



लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३, आईतवार १०:३४कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान








