कास्की कांग्रेसद्वारा पार्टीको विशेष महाधिवेशन माग

गण्डकी- नेपाली कांग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । पार्टी जिल्ला कार्यसमितिको आजको बैठकले देशको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुुभयो ।
बैठकले यथाशीघ्र क्रियाशील सदस्यता नवीकरण गरी यही मङ्सिरभित्र नै विशेष महाधिवेशन गर्ने, त्यसो हुन नसकेमा १४औँ महाधिवेशनका प्रतिनिधिहरूबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णय गरिएको उहाँले बताउनुुभयो ।
बैठकले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणामाथिको आक्रमण, तोडफोड र आगजानीको घटनाप्रति घोर निन्दा तथा भत्र्सना गरेको छ ।
कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबुु भण्डारीको अध्यक्षतामा बसेको बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पत्तिमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने लोकतान्त्रिक संस्कारको मर्म र मान्यता बाहिर गएको उल्लेख गर्दै त्यसको भत्र्सना गरेको हो ।
यसैगरी जिल्ला पार्टी कार्यालय, चिप्लेढुङ्गामा रहेको बिपी कोइराला र हरिचोकमा रहेको सहिद हरिप्रसाद गुरुङको सालिकसँगै अन्य सहिदहरूको सालिक तोडफोड तथा आगजनीको निन्दा गरेको छ ।
पार्टी कार्यालय पुनर्निर्माण, कोइराला र सहिद गुरुङको सालिक पुनःस्थापनाका लागि सहयोगको आह्वान गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालयको क्षति मूल्याङ्कन र पुनर्निर्माणको लागत पेस गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य इ सागर मोहन भट्टराईलाई जिम्मा दिइएको छ । साथै, कास्की जिल्ला मातहतमा रहेका क्षेत्र, प्रदेशसभा, पालिका र सम्पूर्ण वडा कार्यसमितिको तत्काल बैठक बसी पार्टीका साथीहरूलाई क्रियाशील बनाउन बैकठले आह्वान गरेको छ ।
बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्र, प्रदेशसभा र पालिकाका सभापतिहरूको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २३, शनिबार ०७:३१तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’








