विन्दुवासिनी संस्कृत विद्यापीठकाे प्राचार्य नियुक्तिमा आपत्ति

विन्दुवासिनी संस्कृत विद्यापीठकाे प्राचार्य नियुक्तिमा आपत्ति

पोखरा । नेपाल संस्कृत विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघ श्रीविन्दुवासिनी विद्यापीठ इकाई समिति पोखराले विद्यापीठमा गरिएकाे प्राचार्य नियुक्ति प्रक्रियामा असहमति जनाएको छ ।


उक्त विद्यापीठमा निरन्तर कार्यरत प्राध्यापकहरु मध्येबाट नै प्राचार्य नियुक्त गरी प्राज्ञिक तथा प्रशासनिक मर्यादा अनुकुल कार्य गर्न विश्वविद्यालयलाई आग्रह गर्दै सो निर्णय तत्काल फिर्ता लिन संघले चेतावनी दिएको हो ।


बाहिरको वाल्मीकि विद्यापीठमा कार्यरत एकजना उपप्राध्यापकलाई त्यहाँ प्राचार्य तोकेर पठाएपछि आपत्ति जनाइएको संघका अध्यक्ष डा.भानुभक्त आचार्यले बताए । विन्दुवासिनी विद्यापीठमा क्रियाशील प्रजातन्त्रवादी प्राध्यापक संघ, प्रगतिशील प्राध्यापक संगठन लगायत सबै प्राध्यापकहरुकाे छाता संघ ने.सं. वि.प्राध्यापक संघ विन्दुवासिनीकाे साधारण सभा र ने. सं. वि. केन्द्रीय प्राध्यापक संघकाे बैठकको निर्णय बमोजिम नै हुने गरी नव नियुक्त प्राचार्यको नियुक्ति तत्काल फिर्ता गर्न विश्वविद्यालय प्रशासन समक्ष प्रजातन्त्रवादी प्राध्यापक संघले जोडदार माग गरेको छ ।


ने.सं. वि.केन्दीय प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछानेले प्रेस विज्ञप्ति मार्फत विद्यापीठमा कार्यरत सम्पूर्ण प्राध्यापकहरुको प्रतिकुल र मानमर्दन गर्ने नियतले कुनै पनि कार्य नगर्न कडा चेतावनी दिएका छन् ।


जेनजी आन्दाेलनकाे नाममा विद्यापीठ प्रशासनकाे ताला ताेडिएर कागजपत्रहरु अस्तव्यस्त पारिएकाले दशैकाे मुखमा विना तलव रित्तै चाडपर्व मनाउन पर्ने बाध्यता आइपरेको समेत संघका सचिव शिवहरि देवकाेटाले बताए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   5   =  

Protected by Spam Master