एक महिनादेखि अवरुद्ध कोदारी राजमार्ग आजबाट खुल्यो

काठमाडौँ- नेपाल–चीन जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएको छ। सडक डिभिजन चरिकोटबाट खटिएको यन्त्र उपकरणसहितको प्राविधिक टोलीले बिभिन्न स्थानमा गएको पहिरो पन्छाएसँगै आजबाट राजमार्ग सुचारु भएको हो ।
अरनिको राजमार्गको वाह्रबिशे कोदारी सडक खण्डको बिभिन्न पाँच ठाँउमा पहिरो खसेर गत साउन १७ गते देखि सडक अवरुद्ध थियो । बीचमा केही दिन आंशिक रुपमा सडक संचालनमा आएपनि भदौ ८ गते देखि सडक पूर्णरुपमा बन्द भएको थियो ।
पहिरोका कारण करिव २०० घर जोखिममा परेपछी स्थानीयले समेत सडक संचालनमा रोक लगाएका थिए तर सडक डिभिजन कार्यालय चरिकोटको पहलमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानियवासी ,उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको भेलाले सडक संचालन गर्ने सहमति गरेपछी असोज ३ गते देखि पहिरो पन्छ्याउने कामलाइ तिब्रता दिइएको थियो ।

यसक्रममा सडक खुलाउनका लागि ३ वटा एक्स्काभेटर, ३ वटा लोडर र ४० जना मजदुर सहयोगमा अवरुद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण दत्त भण्डारीले जानकारी दिनु भयो ।
राजमार्ग पुन संचालनमा ल्याइसागै मुख्य चाँड पर्वको बेला सडक अवरुद्ध हुँदा चीनबाट आयात बन्द हुने हो कि भन्ने चिन्ता हटेको छ । लामो समयदेखि सडक अवरुद्ध हुदा सामान बोकेका ट्रकहरु नेपाल भित्रन सकेका थिएनन । रसुवागढी नाका समेत बन्द भएको अवस्थामा दशैका बेला नेपाल र चीन जोडने कोदारी राजमार्ग खुलेसँगै यात्रुलाइ मात्र नभै दुईदेश बीचको ब्यापार पनि सहज हुने भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








