मनकारी डाक्टर खत्रीः गरिब विरामीलाई निजी अस्पतालमा निःशुल्क उपचार, खाना खाने पैसा पनि दिन्छन् (भिडिओसहित)

काठमाडौं, ८ भदौ । वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीले आम नागरिकले निःशुल्क स्वास्थ्य उपचार पाउनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले नेपालमा सरकारी अस्पताल चाहिँ कमजोर र निजी हस्पतालहरु फस्टाइरहेको बताए । उनले सरकारी अस्पताललाई राज्यले बलियो बनाउनुपर्ने आवश्यकता उनले औंल्याए । उनले निःशुल्क उपचारलाई बेसिक राइटसको रुपमा ब्याख्या गरे ।
उनले भने, ‘स्वाथ्यमा परिवर्तन ल्याउन सकिन्छ । निःशुल्क उपचार पाउनै पर्छ नि । त्यो त बेसिक राइटको कुरा हो । प्राइभेट हस्पिटलहरु अहिले जनि पनि फस्टाएका छन्, प्राइभेट हस्पिटलभन्दा सरकारी हस्पिटल हामीलाई चाहिन्छ । भोलि विरामी भइयो भने पहिला जाने सरकारी अस्पतालमा नै हो । सरकारी अस्पतालहरुलाई हामीले बलियो बनाउन जरुरी छ । प्राइभेट हस्पिटलहरु त शोखको लागि मानिसहरुले प्रयोग गर्न सक्छन् । नेपालमा त के भइदिएको छ ? सरकारी अस्पताल अलि कमजोर, प्राइभेट अस्पताल बलियो भएको छ । त्यही भएर त्यको भण्डाफोर गर्नुपर्छ भन्ने म छु ।’
डा.खत्रीका अनुसार उनी आफैं निजी अस्पतालका सञ्चालक पनि हुन् । नेपाल सरकार र नेपाली जनताले साँच्चिकै सुशासित भएर चाहन्छन् भने आफू उक्त हस्पिटल राज्यलाई दिन पनि तयार रहेको उनले बताए । आफ्नो तुलसी अस्पतालमा गरिब विरामीलाई निःशुल्क उपचार र खाना खान नपाएकाहरुलाई खाना खाने पैसा पनि दिने गरेको उनले बताए ।
‘मेरो पनि प्राइभेट हस्पिटल छ । सरकारले चाहन्छ, नेपाली जनताले साँच्चिकै सुशासित भएर चाहन्छन् भने त्यो हस्पिटल पनि नेपाल सरकारलाई दिन तयार छु । किनभने मेरो हस्पिटलमा, हाम्रो जुन तुलसी हस्टिल छ, त्यहाँ जोसुकै गरिब विरामी आउँछ भने निःशुल्क उपचार दिने गरेको छु, खाना खाने पैसा दिने गरेको छु । जो जनताले खान पाउँदैन, त्यसले खाना खान पाउनुपर्यो । उपचार पनि गर्न पाउनुपर्यो । शिक्षा र स्वाथ्य त बेसिक निड्सका कुराहरु हुन् । पाउनैपर्छ, निःशुल्क रुपमा नै हुनुपर्छ,’– उनले भने ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?








