आज नेपाल र अमेरिका भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, कार्तिक ९ । आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत यूएईमा हुने श्रृंखला आजबाट सुरु हुँदैछ । त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । खेल युएईको दुबाईमा नेपाली सयम अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
केही दिनदेखि यूएईमा अभ्यासमा व्यस्त रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट एक दिवसिय श्रृंखला खेल्न लागेको हो । यो श्रृंखला कात्तिक १९ गतेसम्म चल्नेछ । नेपालले दोस्रो खेल कात्तिक १३ गते युएई, तेस्रो खेल कात्तिक १५ गते अमेरिका तथा अन्तिम खेल कात्तिक १९ गते युएईसँग खेल्नेछ ।
विश्वकप लिग–टु मा १२ खेल खेलेको नेपालले १६ अंक जोडेको छ । समान खेल खेलेको युएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानको स्कटल्याण्डले २४ खेलबाट ३० अंक जोडेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित








