चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी, ११ कात्तिक । जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको गलकोट नगर भलिबल सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक होमबहादुर थापाले जानकारी दिए ।
गलकोट–६ बसाहफाँटमा सञ्चालन हुने चारवटै विधाका प्रतियोगितामा अहिलेसम्म ५१ समूह सहभागी हुने निश्चित भइसकेको उनले बताए । उनका अनुसार भेट्रान्स कपका लागि १६, खुला वडास्तरीय पुरुष भलिबलमा १२, माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबलमा १६ र खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा सात समूह सहभागी हुनेछन् ।
खुला प्रतियोगिता भएकाले जुनसुकै जिल्लाका पालिका र वडाका समूहले सहभागिता जनाउन सक्ने अध्यक्ष थापाले बताए । प्रतियोगिताको खुला पुरुषतर्फको खेलका विजेताले ट्रफी र मेडलसहित रु दुई लाख एक हजार १११, उपविजेताले एक लाख एक हजार १११ र तेस्रो हुनेले ५१ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् ।
भेट्रान्स कप भलिबको विजेताले ट्रफी र मेडलसहित एक लाख, उपविजेताले ६० हजार र तेस्रो स्थान हासिल गर्नेले ३५ हजार पुरस्कार प्राप्त गर्नेछन् । खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताका विजेताले ट्रफी र मेडसहित ५१ हजार १११, उपविजेताले ३० हजार १११ र तृतियले १५ हजार १११ प्राप्त गर्नेछन् ।
माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ट्रफी र मेडलसहित ३५ हजार, उपविजेतालाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताए । उक्त अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको उनको भनाइ छ ।
सामूहिक लोकनृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, खुला डबल ब्याडमिन्टन प्रतियोगिता, आमासमूहस्तरीय पञ्चेबाजामा नृत्य प्रतियोगिता र माछा छोप्ने प्रतियोगिता आयोजना गरिएको छ ।
सामूहिक लोकनृत्य प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २५ हजार, १५ हजार ररु सात हजार राखिएको छ । एकल नृत्यतर्फ १५ हजार, १० हजार र सात हजार राखिएको छ । डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार र दोस्रो हुनेलाई २० हजार प्रदान गरिनेछ । पञ्चेबाजामा हुने नृत्यमा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई पाँच हजार र तेस्रो हुनेलाई दुई हजार ५०० पुरस्कारको व्यवस्था गरिएको छ ।
स्थानीय दरमखोलामा हुने माछा छोप्ने (हत्केला खेल्ने) प्रतियोगिताका विजेतालाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताए । कार्यक्रम अवधिभर विभिन्न विधाका कलाकारको साङ्गीतिक प्रस्तुति रहने उनले उल्लेख गरे । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १२, मंगलवार १५:३८उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १२, मंगलवार ११:०१बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा
खेलकुद२०८२ कार्तिक १२, मंगलवार १०:५७चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै
समाचार२०८२ कार्तिक १२, मंगलवार ०७:१८उदाउँदो सूर्यलाई अर्घ्य दिइयो







