क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल

राँझा (बाँके), १४ कात्तिक । बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीहरुको गुनासो छ ।
शय्या नपाउँदा किमोथेरापीका लागि दुई दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता रहेको नेपालगञ्ज–२१ का किमोथेरापी सेवाग्राही बिरामी डिगम्बर रानाले बताए । बुधबार दिनभर पर्खिंदा पनि पालो नपाएपछि बिहीवार अपराह्न मात्र किमोथेरापीका लागि शय्या मिलेको उनको भनाइ छ ।
अस्पतालमा बिरामीको चाप दैनिक रुपमा बढ्दो छ । बिरामीको सङ्ख्या बढेपछि अहिले अस्पतालले एउटै शय्यामा दुई बिरामी राखेरसमेत किमोथेरापी सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा सञ्चालनमा रहेको ‘डे केयर वार्ड’ मा शय्या अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको अस्पतालको सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताले बताए । उनका अनुसार, अस्पतालमा हाल करिब ५५ शय्या मात्र सञ्चालनमा छन्, त्यसमध्ये किमोथेरापी सेवा प्रवाहका लागि सञ्चालित डे केयर वार्डमा करिव २० शय्या मात्रै रहेका छन् । किमोथेरापी सेवा लिने बिरामीको सङ्ख्या भने दैनिक करिब ५० हुने गरेको छ ।
अस्पतालमा पन्ध्र शय्याको डे केयर वार्ड भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा थप समस्या भएको छ । डे केयर वार्ड भवन हस्तान्तरण भए किमोथेरापी सेवा लिने बिरामीलाई सेवा प्रवाह गर्न सहज हुने सूचना अधिकारी डा गुप्ताको भनाइ छ । उनका अनुसार, केमोथेरापी एक क्यान्सर उपचार हो जसले क्यान्सर कोषहरूलाई त तिनीहरूको वृद्धि रोकेर वा विभाजन गरेर मार्न औषधिहरू प्रयोग गर्दछ । यो सेवा मुखबाट वा नशाबाट विभिन्न तरिकाले प्रदान गर्न सकिन्छ ।
पश्चिम नेपालको एक मात्र सरकारी क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी उपचारका लागि आउने गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्र यस अस्पतालबाट ३६ हजार ९३२ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका थिए । त्यसमध्ये ७०८ बिरामीलाई शल्यक्रिया सेवा प्रवाह भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
 समाचार२०८२ कार्तिक १५, शुक्रबार २०:३९अमेरिकाको न्यु अल्बनी सहरले गर्यो हिन्दू हेरिटेज मन्थको घोषणा समाचार२०८२ कार्तिक १५, शुक्रबार २०:३९अमेरिकाको न्यु अल्बनी सहरले गर्यो हिन्दू हेरिटेज मन्थको घोषणा
 समाचार२०८२ कार्तिक १५, शुक्रबार १८:१०तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन समाचार२०८२ कार्तिक १५, शुक्रबार १८:१०तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन
 कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १५, शुक्रबार १८:०२प्रदीपको चलचित्र ‘एक्लो’को टिजर सार्वजनिक कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १५, शुक्रबार १८:०२प्रदीपको चलचित्र ‘एक्लो’को टिजर सार्वजनिक
 समाचार२०८२ कार्तिक १५, शुक्रबार १६:४३साँगामा सडकको कन्तबिजोग (फोटो फिचर) समाचार२०८२ कार्तिक १५, शुक्रबार १६:४३साँगामा सडकको कन्तबिजोग (फोटो फिचर)









