राइज क्यालिस्थेनिक्स ललितपुरद्वारा ‘राइज नेपाल क्यालिस्थेनिक्स च्याम्पियनसिप-२०२५’ आयोजना

काठमाडौं, १९ कात्तिक । राइज क्यालिस्थेनिक्स ललितपुरले ‘राइज नेपाल क्यालिस्थेनिक्स च्याम्पियनसिप–२०२५’ आयोजना गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी शनिबार (कात्तिक २२ गते) ललितपुरको गोदावरी–६ स्थित कोतडाँडा एग्रो रिसोर्टमा प्रतियोगिता आयोजना गरिएको जानकारी गराइएको हो ।
राइज क्यालिस्थेनिक्स ललितपुरका अध्यक्ष जगदीशचन्द्र जोशीले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा प्रतियोगिता हुन लागेको बताए । उनले उक्त प्रतियोगितामा ७ जना भारतीय खेलाडी र नेपालका ४० जना भन्दा बढी खेलाडीले चार वटा विधामा प्रतिस्पर्धा गर्ने बताए ।
अध्यक्ष जोशीका अनुसार क्यालिस्थेनिक्सका चार विधामध्ये इन्डारेन्स तर्फ ३५ हजार, स्ट्याटिकतर्फ ८० हजार, फ्रिस्ट्यलतर्फ ३५ हजार र फिमेल स्ट्याटिकतर्फ ५० हजार पुरस्कार राखिएको छ । साथै, दुई लाख ५० हजार बराबरको गिफ्ट ह्याम्पर पनि राखिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal
समाचार२०८२ चैत्र २०, शुक्रबार २०:५५संसदमा बादलले गरेको सम्बोधनलाई लिएर एमाले सचिवालय बैठकमा छलफल
समाचार२०८२ चैत्र २०, शुक्रबार १९:०६पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २०, शुक्रबार १०:४८चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण








