नर्स र स्वास्थ्यमर्कीहरु कात्तिक २२ गतेदेखि सशक्त आन्दोलनमा जाने

काठमाडौं, २० कात्तिक । नर्स संघर्ष समिति, नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसन, नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल पब्लिक हेल्थ एसोसिएसन, नेपाल रेडियोलोजिकल सोसाईटी, मेडिकल ल्यावोटरी एसोसिएसन अफ नेपाल, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल सिएमए संघ र नेपाल दृष्टि विशेषज्ञ संघले कात्तिक २२ गतेबाट आन्दोलनमा जाने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको पारिश्रमिक नेपाल सरकारले तोकेबमोजिम नै दिनुपर्ने मागसहित आन्दोलन गर्न लागिएको जानकारी गराइएको हो ।
नर्स, डेन्टल साईन्स डेन्टल हाईजेनिस्ट, फर्मासिस्ट, पब्लिक हेल्थ, स्वास्थ्य प्रयोगशालाकर्मी, हेल्थ असिस्टेन्ट, सिएमए, रेडियोलोजी, आँखा, फिजियोथेरापि,आयुर्वेद,वैकल्पिक चिकित्सा, चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई उचित पारिश्रमिक प्रदान गर्न स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयबाट गत असोज २४ गते परिपत्र भएको थियो ।
परिपत्रमा पारिश्रमिक नेपाल सरकारको सरह दिनुपर्ने, अतिरिक्त समयको कामको अतिरिक्त भत्ता दिनुपर्ने, ज्यालादारीमा काम गराउन नहुने, बैङ्किङ प्रणालिबाट तलब भत्ता भुक्तानी हुनुपर्ने, सक्कली प्रमाणपत्रहरु राख्न नपाईने, अनुभव पत्र दिईनुपर्ने, दर्तावाल जनशक्ति अनिवार्य गरिनुपर्नेलगायतका विषय समावेश गरिएको थियो ।
नर्स तथा स्वास्थ्यकर्मीको जायज माग र मन्त्रालय आफैंले गरेको निर्णय परिपत्र कार्यन्वयन गर्नुको सट्टा विभिन्न समूहको प्रभावमा परी निर्णय कार्यन्वयन नगरेको, शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप भएको भन्दै उनीहरुले थप सशक्त आन्दोलनको उद्घोष गरेका हुन् ।
नर्स संघर्ष समितिकी संयोजक ज्योति राणाभाटले विनाशर्त नेपाल सरकारको परिपत्र लागू गरिनुपर्ने आफूहरुको माग रहेको बताईन् । गत भदौको १५ गतेदेखि आफूहरुले चरणवद्ध रुपमा विभिन्न स्थानबाट आन्दोलनमा उत्रिएको उनले बताईन् । विराटनगर, जनकपुर, चितवन, काठमाडौंलगायतका स्थानमा नर्सहरुले पारिश्रमिको आवाज उठाउँदै प्रदर्शन गरेको उनले बताईन् ।
नेपाल रेडियोलोजिकल सोसाईटीका अध्यक्ष मुकेश कुमार झाले सरकारले वार्ताको लागि कार्यदल बनाउँदाखेरी सबै स्वास्थ्यकर्मीलाई नसमेटेको बताए । अहिले आएर केही अमुक व्यक्तिहरुले आन्दोलनलाई ध्वस्त पार्न खोजेको र त्यसको विरुद्धमा आफूहरु एकतावद्ध भएको उनले बताए । सरकारले दिने पारिश्रमिक नै न्यून रहेको र त्यसमा पनि निजी अस्पतालहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नदिएको उनले बताए ।
त्यस्तै, नेपाल फर्मास्युटिकल एसोसिएसनका अध्यक्ष ललितमोहन पन्तले आफूहरुको आन्दोलन न्यूनतम पारिश्रमिक र सेवा सुविधाको विषय रहेको बताए । उनले स्वास्थ्यकर्मीहरुले मेहनतको पारिश्रमिक नै नपाउने अवस्था रहेको बताए । त्यसैगरी, नेपाल पब्लिक हेल्थ एसोसिएसनका कार्यवाहक अध्यक्ष तेजप्रसाद दुलाल, मेडिकल ल्यावोटरी एसोसिएसन अफ नेपालका सचिव रोशन परियार, चिकित्सा स्वास्थ्य शिक्षा सुधार अभियान्ता जिता बरालले नर्स र स्वास्थ्यकर्मीहरुको पक्षमा आ–आफ्नो भनाइ राखेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई








