पशुपति मन्दिरमा मंसिर २ गते बालाचतुर्दशी मेला लाग्दै, तयारी अन्तिम चरणमा

धादिङबेंसी, कात्तिक ३० गते ।
धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित पशुपति मन्दिर परिसरमा यस वर्षको बालाचतुर्दशी मेला मंसिर २ गते लाग्दैछ । मेलाको तयारी अन्तिम चरणमा पुगेको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभयो ।
“मन्दिर परिसरमा रङरोगन, बत्ती व्यवस्थापन, बाटो सफाइ तथा भक्तजनको सुरक्षा व्यवस्थामा अहिले अन्तिम चरणको काम भइरहेको छ,” उहाँले भन्नुभयो ।
मंसिर २ गते बेलुका ५ बजे औपचारिक उद्घघाटनपछि रातभर नाचगान तथा भजन–कीर्तन हुनेछ । भोलिपल्ट बिहान सतबिज छर्ने र फूलको डोली तार्ने परम्परागत विधि पालना गरिने समितिले जनाएको छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दीपदान गरी रातभर जाग्राम बसेपछि बालाचतुर्दशीको बिहान सतबीज छर्ने चलन रहेको छ । धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सात थरी अन्न छर्दा दिवंगत आत्माको चिरशान्ति प्राप्त हुने जनविश्वास छ । एक गेडा सतबिज छर्दा एक गेडा सुन दान गरेको बराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।
रातभर बस्ने भक्तजनका लागि त्रिपाल तथा हलको व्यवस्था मिलाइएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताउनुभयो । “धेरै भक्तजनले पहिले नै आफ्नो बस्ने स्थान सुरक्षित गरिसक्नुभएको छ। अझै आवश्यक परे थप त्रिपाल राखेर सुरक्षित बस्ने व्यवस्था मिलाइनेछ,” उहाँले जानकारी दिनुभयो ।
फूलको डोली तार्ने चलन मेलाको मुख्य आकर्षण मानिन्छ । आफ्ना दिवंगत पितृको सम्झनामा डोली तार्ने भक्तजनको भीड प्रत्येक वर्ष उलेख्य हुने गरेको छ ।
नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले पशुपति मन्दिरलाई सदरमुकामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएको बताउनुभयो । “काठमाण्डौको पशुपतिनाथ पुग्न नसक्ने धेरै भक्तजन यहाँ आउने गर्छन् । वडा अध्यक्ष भण्डारीले भन्नुभयो, “नगरपालिकाले यस परम्परा र धार्मिक आस्थालाई विशेष संरक्षण र प्रवद्र्धन गरिरहेको छ।”
उहाँले सबै नगरवासी तथा भक्तजनलाई मेलामा सहभागी भई धर्म, संस्कार र परम्पराप्रति सम्मान प्रकट गर्न आग्रह पनि गर्नुभएको छ।
मंसिर कृष्ण चतुर्दशीको दिनलाई बालाचतुर्दशी मनाइन्छ । यस दिन आफन्त गुमाएका घरपरिवारले पितृमोक्षका लागि अत्यन्त महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार १३:२१सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित
समाचार२०८२ फाल्गुन १०, आईतवार ११:४९खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा







